 
                        माेरङ । प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बस्यालको स्थायी ठेगाना पाल्पा हो। उनको परिवार भने काठमाडौंमा बसोबास गर्छन्।
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                































 
                     
                     
                     
                     
                    

























































































































