तस्करी संधैभरि तर पक्राउ कहिलेकांही, कारण थाहा पाउनुहाेस्…

नवलपरासी । पश्चिम नवलपरासीमा ३० लाख  मूल्य बराबरको अवैध मालसामान प्रहरीले बरामद गरेको  छ । सोमबार राति सुस्ता गाउँपालिका वडा न.१ बरूवा बस्ने ज्ञानु अर्यालको घर पछाडि भाडामा रहेको गोदाममा भन्सार छली ल्याएको अवैध मालसामानहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नं २६  हे.क्वा नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको कमाण्डमा खटिएको टोलीले मालसामान बरामद  लिएको हो ।

 

जिल्लामा  प्रहरी अधिकारी सरूवा भै नयां आउने बित्तिकै पक्राउ परेकाे अवस्था छ । स्थानीय भन्छन् तस्करहरू संग लाइन मिलेन भने पक्राउ पर्ने गर्छ तर केही समय पछि फेरी पक्रने क्रम सेलाएर जान्छ ।  नयां अधिकारी सरूवा भै आउना साथ सक्रिय बन्दै गएकाे सशस्त्र प्रहरी टोलीले सफलता हात पारेकाे हाे ।

 

गोप्य सूचनाको आधारमा राति २ बजे गोदाममा खानतलासी गर्दा ठुलो परिणाममा केराउ र चिनी  अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरीले जनाइको छ । उक्त केराउ र चिनी  बरामद गरी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी उपरीक्षक वाग्लेले बताउनुभयो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?