कालिका लघुवित्तको साधारण सभा आज बस्दै

काठमाडौ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश विनानै आज वार्षिक साधारण सभा बस्दैछ ।  सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निज पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । सभाले संस्थापक सेयरधनीको तर्फबाट १ जना महिला सञ्चालकको निर्वाचन गर्नेछ ।

 

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते बुक क्लोज गरिसकेको छ ।

 

फागुन १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
सभा बिहान ९ बजेदेखि होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, पोखरा महानगरपालिका–१०, बुद्धचोक, कास्कीमा सुरु हुनेछ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१