सम्पदा असल र इमान्दारसँगै सङ्घर्षशील गृहिणी हो : वर्षा राउत

काठमाडौँ। अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शकमाझ लोकप्रिय छन् । उनलाई ‘जात्रा’ शृङ्खलाको सम्पदा अर्थात् सम्पु भनेर दर्शकले चिन्ने गरेका छन् । तर, उनको सुरुआत नै सफलतामा ‘ह्याट्रिक’ बाट भएको थियो । सन् २०१६ मा उनले तीन हिट फिल्ममार्फत दर्शकलाई मनोरञ्जन दिइन् । उक्त वर्ष उनले  ‘नाईं नभन्नु ल ४’,‘छक्का पञ्जा’ र ‘जात्रा’ मा काम गरेकी थिइन् । एकपछि अर्को फिल्म बक्सअफिसमा हिट भएपछि म्युजिक भिडियोमा खोजिने वर्षा फिल्मकर्मीको प्राथमिकतामा परिन् । उनले ‘नाई नभन्नु ल ४’ मा काम गर्दै गर्दा एक गीतमा अभिनय गर्न दीपकराज गिरी, दीपाश्री निरौला पुगेका थिए । त्यहि वर्षालाई देखेपछि दीपकले उनलाई ‘कास्ट’ गर्ने मनसाय बनाए ।

त्यसको केही समयपछि वर्षाले फिल्ममै काम गरिन् । दुई सफल र ‘ब्राण्ड भ्यालु’ भएको फिल्ममा काम गरिसकेकी वर्षालाई तेस्रो फिल्म ‘जात्रा’ अफर भयो । उनको लागि कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई र अभिनेता विपिन कार्कीको समूह नयाँ थियो । उनले रवीन्द्रलाई ‘टल्क जङ्ग भर्सेस टुल्के’ मा नोटिस गरेकी थिइन् । विपिनको ‘भष्मे डन’ बारे परिचित भएपनि धेरै चिनजान थिएन । प्रदीपको उनले न नाम सुनेकी थिइन् न काम देखेकी ।तर, स्क्रीप्ट लिएर विविध कारणले फिल्म गरेकी वर्षाको अहिले सफल फिल्मको लिस्टमा ‘जात्रा’ शृङ्खलाछ । ‘जात्रै जात्रा’ हुँदै तेस्रो भाग ‘महाजात्रा’ सम्म आइपुग्दा उनले टिमलाई निर्धक्क विश्वास गर्न सकेकी छिन् । उनले यो समूह रहेको षट्कोण आर्ट्सले गर्ने काममा अहिले सहमति जनाउन कुनै समय लिनु पर्दैन । फिल्ममा डेब्यु गरेकै वर्षमा सफलतामाह्याट्रिक’ गरेकी वर्षासँग गरिएको ‘महाजात्रा’ संवाद यस्तो छ । 

 

१. विपिन कार्की थियटरबाट आउनु भएको कलाकार, तपाइँ म्युजिक भिडियोबाट ’जात्रा’ मा काम गर्ने बेलामा असहजता भएन ? 

सुरुमा मैले पनि कसरी काम गर्ने होला ? भन्ने नसोचेकी होइन । तर, फिल्मको लागि भेटघाट भयो । हामीले वर्कशप गर्यौं । प्रेम विवाह गरेको क्यारेक्टर भएकाले हामी बीचमा कुराहरू शेयर गर्न लजाउनु हुँदैन् भनेर त्यहि अनुसार वर्कशप गर्यौं । त्यसले गर्दा मलाई सेटमा निकै सहज भयो । अहिले त हामी फिल्मी परिवार नै भइसकेका छौँ ।

 

२. सम्पदा (सम्पु) कस्तो स्वभावकि छिन् ? 

सम्पु एउटा असल र इमान्दार महिला हो । त्यहि भएर उसले फडिन्द्रसँग आफ्नो जीवन बिताउने निर्णय गरेकी हो । प्रेम विवाह गर्न सम्पुलाई फडिन्द्रको इमान्दारिताले आकर्षित गरेको हो । ‘महाजात्रा’मा अझैँ सङ्घर्षशील गृहणी बनेकी छ । परिवारमा छोरी थपिएसँगै अहिले अरुको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मेहनत गर्ने गृहणी बनेकी छ । परिवारको लागि सङ्घर्ष गरिरहेकी महिला हो सम्पु भन्नुस् या सम्पदा ।

 

३. फिल्ममा तपाइँको प्रेम विवाह भयो तर प्रेम प्रसङ्ग निकै कम छ नि ? 

हाम्रो प्रेम कथालाई ‘जात्रै जात्रा’मा देखाइएको थियो । यसलाई दर्शकले पनि रुचाउनुभयो । हाम्रो परिवार नै सङ्घर्षमा छ, जहाँ प्रेमसँगै अन्य विविध पाटोलाई चित्रण गर्नुपर्ने छ । फेरी मूल कथानै जात्राको हो । त्यसकारण यसमा चाहिने जति प्रेम छ ।

 

४. पहिलो फिल्ममा हिरोइन भन्नुभएपछि दोस्रोमा श्रीमती र तेस्रोमा आमा बन्नु भयो नि ?

त्यस्तै भयो । तर, मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित नै आएकी थिएँ ।  म हिरोइन मै सिमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न् की भन्ने नै लागेन ।

 

५. तपाइँको बुझाइमा ‘महाजात्रा’ के हो ? 

‘महाजात्रा’ को एउटा पारिवारिक र सामाजिक फिल्म हो । हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । यहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छ । यो स–परिवार हेर्नुपर्ने फिल्म हो ।

६. डेब्यु वर्षमै तीन सफल फिल्म दिनुभएपछि भूमिकामा फरकपना आएन भन्ने सुनिन्छ नि ? 

कुनै पनि कलाकारलाई ‘टाइप कास्ट’ हुन् मन हुँदैन । तर, निरन्तरता पनि हाम्रो बाध्यता नै हो । हामीले आइरहेको प्रस्तावमा आफूलाई राम्रो लाग्ने भूमिका छनोट गर्नुपर्छ । केही समय फिल्ममा देखिएन भने फलानो हरायो भनेर खबर आउँछ । त्यसैले आफूलाई पर्दामा ल्याईराख्नु पर्ने दबाबसँगै फरक गर्नु पत्रने चुनौती पनि हामी कलाकारलाई हुन्छ । र, मैले पछिल्लो भूमिका भन्दा फरक होस् भने हरेक पटक प्रयास गरिरहेकी हुन्छु ।

 

७. कस्तो फिल्ममा देखिन मन छ ? 

मलाई कमर्सियल भ्यालू बोकेको आर्ट फिल्ममा देखिन मन लागिरहेको छ । ‘जात्रा’ शृङ्खलाले पनि समीक्षात्मक र व्यावसायिक सफलता पाइरहेको छ । मलाई समाजले देखिरहने तर महसुस गर्न नसकेको कथलाई पर्दामार्फत दर्शकसम्म पु¥याउन मन छ । ती पात्र प्रति समाजले निर्माण गर्ने दृष्टिकोण, पात्र भित्रको मनोविज्ञान र जीविकोपार्जनका लागि गरिने सङ्घर्ष आफ्नो पात्रबाट व्यक्त गरौँ भन्ने लाग्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर,  परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो ।   यही माघ ४ गतेबाट...

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

काठमाडौँ, निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

घोडाघोडी (कैलाली),  यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै...

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

घोडाघोडी (कैलाली),  यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ,  वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९