काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् ।मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो । मतविभाजनको परिणामअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्दा विपक्षमा १७ मत परेको हो ।






















































































































































