सान्जेन जलविद्युतको कहिले बस्दै छ साधारणसभा ?

काठमाडाैं। सान्जेन जलविद्युत कम्पनी लिमिटेडले लाभांश विनानै वार्षिक साधारण सभा बोलाएको छ ।सभा चैत ५ गते कुण्डलिनी दरवार ब्यांकेट, चण्डोल, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको कम्पनीले जनाएको छ ।

 

 

सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गरिसकेको छ । फागुन १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१