मलेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौं। नेपाल अनौपचारिक मैत्रीपूर्ण खेलमा मलेसियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको हो ।यस खेलमा नेपालका लागि समीर तामाङले एक मात्र गोल गरेका थिए । अभ्यासका लागि खेलाईएको यस खेल ३५ मिनेटको चार वटा भागमा खेलाईएको थियो । यो हारपछि अब नेपाली राष्ट्रिय फुटबल टिम फिफा विश्वकप छनोट खेलका लागि बहराइन प्रस्थान गर्नेछ ।

 

 

बहराइनसँगको दुई मध्ये एक खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुनुपर्नेमा दशरथ रंगशाला खेल्नका लागि अयोग्य भएका कारण दुवै खेल बहराइनमा हुने भएका छन् ।नेपालले पहिलो खेल मार्च २१ मा खेल्ने छ भने दोस्रो खेल मार्च २६ मा खेल्दै छ । दुवै खेल बहराइनको नेशनल स्टेडियममा हुने तालिका रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१