भक्तपुर । भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्च सम्मानित भएका छन्।भक्तपुर नगरपालिका वडा नम्बर १ नपलीस्थित नपली नेपाः पुचःले शनिबार उनलाई एक समारोहवीच सम्मान गरेको हो। नपली टोलको सवैभन्दा जेष्ठ एक सय वर्ष पुगेकोमा सम्मान स्वरुप अभिनन्दन गरेको हो। पुचःका अध्यक्ष इन्द्रमान श्रेष्ठले दोसल्ला ओढाई, सम्मानपत्र प्रदान गरी उनलाई सम्मान गरेका हुन्। सम्मानित हरिलाल पंचको जन्म १९८१ मंसिर १९ गते भएको थियो। उनले गएको मंसिर १९ गते ९९ वर्ष पूरा गरी एक सय वर्ष प्रवेशको अवसरमा जन्मदिन मनाएका थिए।





























































































































































