प्रचण्डको गिर्दो सत्ता-साख, प्रसंगविहीन राजनीतिक

विगत दशक बढीदेखि नै नेपाली राजनीतिको लोकतान्त्रिक अभ्यासमा कमरेड प्रचण्डको ठूलो लगानी रहेकोबारे बुझ्न सकिन्छ। तर, न त उनले आफ्ना पूर्ववर्ती चिन्तक र विचारकहरूबाट केही सिक्न पाए न त देशका भोका नांगा गरिब र सताइएका नागरिकहरू तथा दबाइएका जातजाति तथा समुदायलाई सम्मानित नागरिक जीवनको स्वाद दिलाउन सके।

सत्येन्द्र लाल कर्ण

 

 

विगत आम चुनावताका जनताले देशको संघीय संसदमा निर्वाचित भएर जाने कुनै पनि सिंगो राजनीतिक दलहरूलाई एक्लै सत्तारुढ हुने जनादेश नदिएपछि ठूला-साना सबैजसो दलका नेताहरूले नेपालको पुरानै प्रचलन अनुसार मिलिजुली सरकार बनाउने गरी नेकपाका कमरेड केपी ओली प्रधानमन्त्री रहने गरी समय सीमासमेत निर्धारण गरी मुख्य रूपमा एमाले, माओवादी र रास्वपा तथा जसपालगायतको बहुमतीय सरकारले संघीय संसदमा देशको नेत्तृत्व गर्ने अभिभारा पाएको थियो। तर भनेजस्तै सहमतिअनुसार केपी ओलीको निर्धारित छोटो कार्यकाल सकिएलगत्तै माओवादीका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा बालुवाटार छिर्न दबाब सिर्जना गर्न थालेपछि केपी ओलीले संसद नै भंग गरी चुनावमा जान हतार गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार नै प्रधानमन्त्रीको पदबाट हुत्याइएर पदच्यूत गराइएका थिए। त्यसपछि नेपाली कांग्रेस, नेकपा माओवादी, समाजवादी जसपा तथा माधव नेपाल गुटका सांसदहरू मिलेर माओवादी पार्टीका प्रचण्डको नेतृत्वमा सरकारमा जाने सहमति बनेको थियो।

 

 

कमरेड प्रचण्डको कार्यकाल पनि सर्तरहित हुन नसकेपछि पालैपालो गरी पहिला माओवादी पार्टी र त्यसपछि नेपाली कांग्रेस पार्टीलाई सरकारको नेतृत्व गर्ने सहमति अनुरूप माओवादी पार्टी देशको तेस्रो नम्बरको पार्टी भएर पनि सरकारमा जाने पहिलो नम्बरको पार्टी बनेको थियो। प्राय:जसो वर्षैपिच्छे नेपालको सरकार परिवर्तन भइरहने नेपालको राजनीतिक अवसरवादले जुराएको वातावरण अनुकूल रहँदासम्मको अवस्थामा प्रचण्डले आफ्नो प्रधानमन्त्रीको पद र कुर्सीलाई नै पहिलो प्राथमिकतामा राखी पुनः दोस्रोपटक नेकपा एमालेका केपी ओलीलाई राजी गराउँदै सरकारको नेतृत्वमाथि रजगज गर्ने र टिकिरहने दाउ खोज्दै माओवादी, एमाले, रास्वपा तथा जसपा लगायतका दलहरूसँगको भागबन्डा मिल्ने गरी बहुमतको सरकार बनाउन नयाँ सहमतिलाई अगाडि ल्याएर प्रचण्डको कुर्सी दौडले सत्तावृत्तमा पुनः अग्रता प्राप्त गर्ने अवस्था सिर्जना हुन गयो।

 

 

वर्षैपिच्छे सरकारमा जाने पात्रहरू फेरिइरहने तर सरकारमा जानेहरूको पात्रतामा अलिकति पनि उत्तरदायित्व बोधको महसुस नहुने गुटीय र दलीय राजनीतिका सूत्रधारहरूका लागि संघीय संसदलाई आफ्नो पकेटमा राखिरहन र प्रदेशभित्र पनि आफ्नो सर्वोपरीता देखाइरहने मनोकांक्षाले गर्दा अवसरवादी राजनीतिको विकास हुन गयो।

 

 

नेपालमा लोकतन्त्रको ढाँचालाई बलियो बनाउन सक्ने यथेष्ट आधारहरू हुँदाहुँदै पनि नेपालका राजनीतिक मठाधीशहरूले त्यसअनुरुपको लोकतान्त्रिक आचरण र व्यवहार देखाउन नसक्दा आफ्नै सहयोगी दलहरूसँग विश्वासघात गरी लिँडेढिपीको सरकारमा जान पनि हतार रहेको र अल्पमतको जनादेशलाई देशको स्थिरता, सुसासन र विकासमा रुपान्तरण गर्न नसकेको यथार्थ छ। नेपालमा राजनीतिक स्थायित्व दिन सक्ने गरी सरकार निर्माण गर्नुपर्ने आवश्यकता प्रवल रहे पनि सत्ता, भत्ता, रासन र आसनमा पल्किएका राजनीतिक दलका प्रतिस्पर्धी समीकरणहरूबीच चुनाव खर्च जुटाउने र उठाउने गरी सरकारका लाभदायक पदहरूमा जानका लागि गठजोड गर्ने पुरानै परम्परा कायम रहेकोले नेपालमा आम नेपाली जनताको पक्षमा काम गर्ने राजनीतिक शक्तिहरू दिन प्रतिदिन निरीह बन्दै जाने भवितव्य भोग्नु परिरहेको छ।

 

 

करि-करिब वर्षैपिच्छे सरकार फेरिरहनु पर्ने लहडबाजी राजनीतिक तिकडम खेलमा कसलाई पनि ठूलो र सानो गरी छुट्याउन र खुट्याउन मुस्किल परेकोले झुर बामपन्थीदेखि झुर दक्षिणपन्थी र समाजवादी झोला बोक्नेहरू पनि उही लम्पसारवादी विचारका प्रत्युतपादक शक्ति हुन भनेर सहजै भन्न सकिने आधारहरू छन्। नेपालको राजनीतिमा बेमौसमी राजनीतिक बाजा बजाउने कार्यलाई पनि लोकतन्त्र र जनताको नाममा चोख्याउने र आसन्न चुनावमा जनताका अगाडि निर्धक्कसँग चोखो रूपमा प्रस्तुत हुन सजिलो अभ्यास मान्न थालिएको छ। पटक-पटक गठजोडमा परिवर्तन गर्दै समीकरण फेर्दै आफूलाई सत्ता राजनीतिको मुलधारमा स्थापित गर्ने चुनौती र बाध्यता तथा मनोभिलासा प्रचण्ड सत्ताको पुरानो तरिका नै हो भन्न सकिने धेरै आधारहरू छन्। तर, नेपालमा प्रचण्ड नै त्यस्तो किसिमको पहिलो वा अन्तिम प्रधानमन्त्री होइनन्।

 

 

जनादेशबाट तेस्रो स्थानमा उभिने पुष्पकमल दहाल र उनको पार्टीपंक्ति प्रचण्ड सरकारमा नेतृत्व गर्न किन हतारिएका हुन् भन्ने कुराको मुलमा लोकतन्त्रको मन्दिरलाई विश्वसनीय, दिगो, सफा र हराभरा बनाउनु नभएर लोकतान्त्रिक चरित्रको अभिनयसम्म गर्न नसक्ने उनकै नेतृत्वभित्रका गठजोड बनाउने दलहरू आफू जनताको नजरमा अझै पनि इमान्दार र उपयुक्त रहेको देखाउनु एक मात्र कार्य हो। विचारधारा अनुसार हिँड्न नसकेका विश्वबाट अप्रासांगिक हुँदै गएको कम्युनिष्ट पार्टीहरू इतर राजनीतिक शक्तिको समर्थनबाट सत्ताको ललिपपको स्वाद लिने र आफ्नो शासकीय अकुशलतालाई ढाकछोप गरी त्यही अनुकूलको गठजोड तयार गर्ने काममा पारंगत रहेकोले जनताले पाउने सामाजिक न्याय, सुसासन र समृद्धिलाई जनताको घर दैलोमा पुर्‍याउन हम्मे-हम्मे परेको छ। आन्दोलन गर्दा जनतालाई देशको मालिक ठान्ने तर सरकारमा जाँदा जनतालाई भेडा बाख्रा चराउने गोठालो सम्झँदा जनताका कामहरू फिटिक्कै पूरा भएका छन्। सरकारमा रहेका दलहरूको विश्वसनीयताको ग्राफ डरलाग्दो रूपमा तल झर्दै गइरहेको छ।

 

 

आज दुनियाँमा तीव्र रूपमा मनोसामाजिक र आर्थिक परिवर्तनहरू भइरहेका छन्। विश्वमा भइरहेको परिवर्तनहरूलाई आत्मसात गर्दै देशको समसामयिक राजनीतिक धरातलमा पनि परिवर्तन गर्नु जरुरी छ। देशको दशा र दिशामा परिवर्तन होस् भन्ने जनचाहना सबैको हुन्छ। योग्य नेतृत्व र इमान्दार प्रशासक वर्गहरूले देशको कायाकल्प गर्न सक्छ। मरिसकेको देशलाई पनि ब्यूँताउन सक्छ। तर, अँध्यारो कोठाभित्र बसेर राजनीति गर्ने र लोकतान्त्रिक आचरणको पटक्कै खयाल नगर्ने राजनीतिक रणनीतिकारहरूबाट यो सम्भव छैन।

 

 

आज संविधान बनाउने दलहरूले नै देशको बन्टाधार गर्दैछन्। परिवारवाद, नातावाद, जातिवाद क्षेत्रीयतावाद, फरियावाद, नस्लवाद आदि अनेकै वादहरूबाट मलजल पाइरहेका राजनीतिक व्यक्तित्वहरूले आफूलाई नसच्याए देश गर्लम्मै ढल्ने र रसातलमा जान सक्ने तथा विकासको दौडमा सबैभन्दा पछाडि पर्ने जोखिम विद्यमान छ।देशको राजनीतिले सही बाटो समाउन नसक्दा बाटो बिराइरहेको बटुवाजस्तै देखिन थालेका छन्। सत्तामा जानेहरू इन्द्रासन पाएजस्तो व्यवहार गर्छन् भने सत्तामा नजानेहरू अल्छी, बेकामे, जनविरोधी तथा अपराधपूर्ण कार्यहरूमा सामेल भइरहेका भेटिन्छन्।

 

 

लोकतन्त्रमा सरकार परिवर्तन हुनु आशाको किरण हुनुपर्ने हो। तर, सरकार चलाउने  दलहरूले जनतामा आशाको सञ्चार गर्न सकेन भने र जनताको विश्वास जित्न सकेन भने कनिका छर्ने प्रयासहरूबाट जनभावना आहत हुने पूरै सम्भावना रहन्छ।

 

 

विगत दसक बढीदेखि नै नेपाली राजनीतिको लोकतान्त्रिक अभ्यासमा कमरेड प्रचण्डको ठूलो लगानी रहेकोबारे बुझ्न सकिन्छ। तर, न त उनले आफ्ना पूर्ववर्ती चिन्तक र विचारकहरूबाट केही सिक्न पाए न त देशका भोका नांगा गरिब र सताइएका नागरिकहरू तथा दबाइएका जातजाति तथा समुदायलाई सम्मानित नागरिक जीवनको स्वाद दिलाउन सके। आफ्नो अहमता र विशिष्टतालाई बुद्धि र विवेकको दाम्लोसँग परिसिमन गर्न नसक्दा देशमा संविधान हुँदाहुँदै पनि संविधानलाई मर्यादाभित्र रहन दिन नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेनन्। केआई सिंह, रामराजाप्रसाद सिंह, कार्ल मार्क्स, लेनिन वा माओको पदचिन्हलाई पछ्याउने त के कुरा उनको जीवन दर्शनलाई समेत बुझ्न नसक्दा नेपाल स्व:स्फूर्त रूपमा हरिकंगाल हुँदै जाने बिडम्बना तयार हुन पुग्यो।

 

 

आज दक्षिणपन्थी राजनीतिक दलहरूले हिन्दु राष्ट्रवादमा आफ्नो भविष्य हेर्दैछन्। राजतन्त्रको वकालत गर्दैछन्। आज देशको तरल राजनीतिभित्र देउवा, ओली, प्रचण्ड, रवि, उपेन्द्र जतिसुकै सशक्त सत्ता दाबेदारको रूपमा देखिए पनि आम जनमानसमा उनीहरूको परम्परागत छवि घट्न थालेको छ। उनीहरूको छवि सत्ता र भत्ताको लागि जुनसुकै दलसँग गठजोड गर्न आतुर रहेको राजनीतिककर्मी भन्दा अलिकति पनि माथि उठ्न सकेको छैन। आज राजनेता बन्ने हैसियतमा पुगेका व्यक्तिहरूको आफ्नै पाइला मुन्तिरको माटो खुस्किन थालेको छ। जुनसुकै राजनीतिक व्यक्तित्वहरू अब जनताको नजरमा उही उचाइमा पुग्न कति धैर्य, तपस्या र त्याग गर्नुपर्ने हो त्यसको छिनोफानो इतिहासले नै गर्ने निश्चित छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार व्यापारी र शिक्षकको विजयी सुरुवात

कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।   कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ,आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली...

निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

काठमाडौँ,  नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ ।खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति,  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय...

सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

ग्योङ्जु (दक्षिण कोरिया), चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सन् २०१७ पछि दुवै देशका नेताबीचको यो पहिलो औपचारिक वार्ता हो । यो भेट जापानका नयाँ प्रधानमन्त्रीसँगको पहिलो छलफल अघि भएको हो । चीन र क्यानाडाबीचको...

नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोलपम्पको उद्घाटन

काठमाडौँ,  प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज नेपाल प्रहरी प्रदेश कार्यालय कास्कीको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोलपम्पको उद्घाटन गर्नुभएको छ । उहाँले प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँबाट भर्चुअल माध्यममार्फत उक्त पेट्रोलपम्पको उद्घाटन गर्नुभएको हो ।     उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङले समाजमा शान्ति, सुरक्षा कायम राख्न...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार व्यापारी र शिक्षकको विजयी सुरुवात

कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।   कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९