काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत दुई विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले पद तथा गोपनीयताको शपथ लिएका हुन् । दुई समितिको सभापतिमा एकमात्रै उम्मेदवारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए ।
काठमाडौँ, परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित...




















































































































































