Baigyanik Media

Advertisement

Skip Ad

सबै दर्शकले हेर्न पाउने ‘महाजात्रा’

काठमाडौं । यसवर्षको प्रतिक्षित फिल्म ‘महाजात्रा’ सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यु’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिएको छ । अर्थात् चैत ९ गतेदेखि नेपालसहित विश्भर एकसाथ प्रदर्शन हुने फिल्म सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउनेछन् । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मले मनोरञ्जनसँगै संदेश दिने भएकाले यो सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको बताए ।

 

 

‘हामीलाई आइडिया फुरेपछि त्यसलाई जात्राकै सेटअपमा तीन पात्रमार्फत व्यक्त गर्दा न्यायपूर्ण हुने लागेर यसमा राखिएको हो । यसमा राजनीति जोडिएको छ तर फिल्म त्यसमा केन्द्रीत भने छैन । यो जात्राकै सेटअपमा तयार भएको फिल्म हो’, निर्देशक भट्टराईले भने ।

 

 

आफूले भन्नु पर्ने राष्ट्रिय विषय भएकाले त्यसलाई जात्रामार्फत व्यक्त गर्न लागेको बताउदै निर्देशक भट्टराईले तीन पात्र बाहेक नयाँ कलाकार र परिवेश रहेको बताए ।‘यसमा फडिन्द्र, मुन्ना र जोएशसँगै नयाँ अनुहारले नयाँ परिवेशलाई भित्राएका छन् । फिल्म हेरेपछि उस्तै कथा वा परिवेशलाई लिएर उठिरहेको प्रश्नको जफाव पाउनु हुनेछ भन्नेमा विश्वस्त छु । जात्रा शृङ्खलाकै निरन्तरता भएकाले त्यसमा जोडेका हौँ’, निर्देशक भट्टराईले भने ।अभिनेतासँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले फिल्म बजार र दर्शकलाई हेरेर तयार गरिएको बताए ।

 

 

‘हामीले जात्रा शृंखलाको लिगेसीलाई बढाउने गरी महाजात्रा तयार गरेका छौँ । यसमा हरिवंश दाई जोडिनु भएकाले महाजात्रा भएको छ । फिल्मले सामाजिक दायित्व र दर्शकलाई मनोरञ्जन दिने दुवै दायित्वलाई निर्वाह गरेको छ’, अभिनेता बानियाँले भने ।अभिनेता हरिवंश आचार्यले आफू ‘जात्रा’ मार्फत नै गायकको रुपमा शृङ्खलामा जोडिएको बताउदै यसपटक भूमिकामै रहेको जानकारी दिए । उनले निर्देशक भट्टराई र षटकोण आर्ट्सले निर्माण गर्ने फिल्म प्रति आफू ढुक्क भएर काम गर्न सक्ने वातावरण रहेको बताए ।

 

 

 

‘अहिले महाजात्रा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको सन्दर्भ नेपाली फिल्मकै लागि गौरवको विषय बनेको छ । किनकि यो भव्य रुपमा प्रदर्शन हुँदै गरेको आभास सार्वजानिक पोस्टरले दिएको छ । अहिले नेपालीले मात्र हेरिरहेको फिल्म विस्तारै विदेशी दर्शकले पनि हेर्ने दिन आउनेछ । त्यो स्थानमा पु¥याउन महाजात्रा पनि एक खुड्किलो हो’, अभिनेता आचार्यले भने ।

फिल्ममा अभिनेता आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्ने उनले बताए ।उनले भने,‘नकारात्मक कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ । यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ ।’

 

 

 

फिल्म ‘जात्रा’ मार्फत मुन्नाको रुपमा दर्शकसँग साक्षात्कार गरेका रवीन्द्र झा अहिलेका व्यस्त कलाकार हुन् । प्राय निर्माता तथा निर्देशक उनलाई स–साना भूमिकामा अभिनय गराउन तत्पर छन् । तर, उनलाई फिल्ममा स्थापित गराउने ‘जात्रा’ शृङ्खलामा उनको भूमिका सशक्त छ ।
‘मुन्ना सोझो व्यक्ति हो । तर, उसको जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न उत्प्रेरित गर्छ । मधेशबाट काठमाडौँ आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीहरूसँग विविध काममा सहकार्य गरेको हो’, अभिनेता झाले भने ।

 

 

सुन र पैसा देखेर भाग्ने मुन्नालाई आवश्यकता र परिस्थितिले गडबड गर्न बाध्य बनाएपनि उसले कसैको हत्या वा नोक्सानी गर्ने नियत नभएको उनले बताए । यसपटक ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ रमाइलोसँगै संदेश मुलक बनेको उनले बताए ।

 

 

 

‘फिल्मले अघिल्ला शृङ्खला भन्दा बढी रमाइलो दिन्छ नै साथै यसले संदेश पनि दिन्छ । गम्भीर विषयवस्तुलाई निर्देशक भट्टराईले फिल्मी शैलीमा रमाइलो किसिमले प्रस्तुत गर्नुभएको छ । यो फिल्ममा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ’, अभिनेता झाले भने,‘मेरो भूमिकाले धेरै कुरालाई इङ्गित गरेको छ । मधेशबाट आएको पात्रले कसरी काठमाडौँमा सङ्घर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ ।’

 

 

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदैछ । नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्का अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।

 

 

यो फिल्म मार्च २८ देखि साउदी अरेबियामा प्रदर्शन हुँदैछ । पहिलोपटक कुनै नेपाली फिल्म साउदी अरेबियामा प्रदर्शन हुन् लागेको हो । यस्तै फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा गरिरहेको प्रचारप्रसारले नेपालसँगै विदेशमा समेत दर्शकलाई फिल्मप्रति चाख बढाएको छ ।

 

 

 

नेपाल भ्रमणका क्रममा फिल्म ‘महाजात्रा’ ले मजदुरदेखि मेयर हर्क साम्पाङसम्म, रिक्सा, बस, सफारीदेखि रत्नपार्कको पुलसम्म प्रचार सामग्री राखेको छ । नेपालमा यस किसिमको भव्य प्रचारप्रसार कमै फिल्मको हुने गरेको छ । क्रिकेट लाइभदेखि अनलाइन विज्ञापन गरिरहेको फिल्मले नेपालसँगै विश्वव्यापी विष्फोटक व्यापार गर्ने अनुमान गरिएको छ । फिल्मका कलाकारसँगै कार्यकारी निर्माता समेत रहेका अभिनेता बानियाँले नेपाली फिल्मको बजार बढाउन प्रचारप्रसारमा कम्जुस्याई गर्न नहुने बताए ।

 

 

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

विश्व हिउँचितुवा दिवस : बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

काठमाडौँ,  विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

पाँच दशकपछि भारत फर्किनु भयो शीर्ष नागा विद्रोही नेता मुइवाह

करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित...

विश्व हिउँचितुवा दिवस : बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

काठमाडौँ,  विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा,  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९