आइपिएलमा बैंगलुरुलाई हराउदै चेन्नईको विजयी शुरुवात

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ ।आइपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।बैंगलुरुले दिएको १७४ रनको लक्ष्य पछाएको चेन्नईले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 

 

 

चेन्नईको जितमा रचिन रविन्द्रले सर्बाधिक ३७ रन बनाएका थिए । डेभ्यु आइपिएल खेल खेलिरहेका रचिनले १५ बलमा ३७ रन बनाएका थिए । त्यस्तै आजिख्य रहानेले २७, कप्तान रुतुराज गायकवाडले १५, डार्यल मिचेलले २२, शिभम दुवेले २६ र रविन्द्र जडेजाले २८ रन बनाएका थिए ।त्यसैगरी बैंगलुरुका बलर क्यामरुन ग्रीनले २ विकेट लिए भने कर्ण शर्मा र यश दयालले एक एक विकेट लिएका थिए ।यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

 

 

 

रोयल च्यालेन्जर्स बैंगलुरुका लागि अनुज रावतले सर्बाधिक ४८ रन बनाएका थिए । रावतले २५ बलमा आक्रामक ब्याटिंग गर्दै ४८ रन बनाएका थिए । त्यसैगरी दिनेश कार्तिकले २६ बलमा अविजित ३८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ३५, विराट कोहलीले २१ तथा क्यामरुन ग्रिनले १८ रन बनाएका थिए ।त्यसैगरी चेन्नईका बलर मुस्ताफिजुर रहमानले सर्बाधिक ४ विकेट लिएका थिए । रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै दीपक चहरले एक विकेट लिएका थिए ।यो जितसँगै चेन्नईले २ महत्वपूर्ण अंक हासिल गरेको छ भने बैंगलुरुले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१