काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक बस्दैँछ ।आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन् । बैठक बिहानवाट सुरू हुने छ । आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको भिन्न परिस्थीतिका बारेमा छलफल हुने जनाइएको छ।
म्याग्दी (बेनी), म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत,...
























































































































































