विहिबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिदै

विराटनगर । विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् ।जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिती एफसी खेल्दै छन् ।

 

 

प्रतियोगिताको उद्घाटन खेल बुधबार नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुने छ ।रात्रिकालीन प्रतियोगिताका लागि चारवटा फ्लड लाइटको व्यवस्था  गरिएको छ ।  प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१