बमको शतकका बाबजुत नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग पराजित

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजति गरेको हो ।आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै २०१ रन बनाएको थियो ।नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेखले ४९ रन बनाए । नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको थियो ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको थियो ।

 

 

 

 

आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए ।त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए ।योसँगै सिरिजमा आयरल्याण्ड वोल्भ्सले १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल भोलि हुने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१