
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट लेखन मस्यौदा समिति गठन गरेका छन् ।मन्त्री पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्य तयार गर्न समिति गठनको निर्णय गरेका हुन् ।सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् ।