आर्मीलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा

विराटनगर । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरस्थित शहिद रङ्गशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा गएराती सम्पन्न खेलमा एनआरटीले आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

 

एनआरटीको जितमा विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले एक एक गोल गरेका थिए । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ ।

 

शनिबार पहिलो क्वाटरफाइनल खेल घरेलु टिम सङ्ग्रिला मोरङ फुटबल क्बल र भुटानको आरटीसी एफसी क्बलबीच हुनेछ । यही चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेका छन् । गोल्डकपको विजेताले रु ११ लाख र उपविजेताले पाँच लाख ५० हजार पाउनेछन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१