अत्तरिया। जेष्ठ नागरिक जिल्ला संघ कैलालीको अध्यक्षमा कुलबहादुर हमाल चयन भएका छन्। शनिबार धनगढीमा सम्पन्न भएको संघको १० औँ जिल्ला साधारणसभाले हमालको अध्यक्षतामा ११ सयस्यीय समिति निर्विध चयन गरेको हो।समितिको उपाध्यक्षमा धनबहादुर चौधरी, सचिवमा मिहिलाल उपाध्याय र कोषाध्यक्षमा मानबहादुर वम रहेका छन्।यस्तै समितिको सदस्यमा यादवप्रसाद जोशी, सुर्यमाया श्रेष्ठ, बाबुराम रिजाल, अग्नीप्रसाद तिवारी, होमलाल डगौरा, दिजराज अवस्थी लक्ष्मी भण्डारी रहेका छन्।


































































































































































