को हुन एमाले बाराका अध्यक्ष पदका आकांक्षी भरत बहादुर भण्डारी ?

बारा।   नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशन आज सोमबार १९ गतेदेखि सुरु हुँदै छ । एमाले बाराको जिल्ला अध्यक्षको लागि भरत बहादुर भण्डारीले आकांक्षा देखाएका छन् ।शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हुन । उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन ।अध्यक्षको आकांक्षा देखाएका भण्डारीको जन्म २०२५ भदौ ३ गते भएको हो ।

 

 

 

 

भण्डारीको राजनीतिक जीवन १३ वर्षको किशोर अवस्थाबाट सुरु भएको हो । २०३७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका भण्डारी २०४१ देखि २०४२ सम्म अनेरास्ववियु बारा जिल्ला सदस्य भएका थिए । त्यसपछि उनी २०४५ देखि २०४६ सम्म वीरगञ्जको ठाकुरराम क्याम्पसको अनेरास्ववियु सदस्यसमेत भएका थिए ।

 

 

 

२०४७ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको संघठित पार्टी सदस्यता प्राप्त गरेका भण्डारीले २०४९ देखि २०६३ सम्म गाँउ कमिटीको सचिब रही पार्टीको जिम्मेवारी पुरा गर्दै आएका थियो । २०६७ साल देखी भण्डारी ४ कार्यकाल जिल्ला कमिटी सदस्य रही सचिवालयको जम्मेवारी निर्वाह गरेका थियो भने २०७९ बाट उनी बारा क्षेत्र १ को संयोजक समेत हुन ।

 

 

 

राजनीतिक जीवन बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारी २०५९ बाट २०७० सम्म श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय सपहिको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ४ कार्यकालको जिम्मेवारी पुरा गरे । उनै भण्डारी २०६८ बाट २०७१ सम्म सपहि कलेजको संस्थापक अध्यक्ष समेत भएका थिए ।

 

 

 

भण्डारीले २०६४ देखे २०७१ सम्म तामागढी साझेदारी वन व्यवस्थापन समितीको उपाध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल काम गरेका थिए । राजनीतिक जीवन बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारीको लोकप्रयताका कारण उनले २०७४ को स्थानिय निर्वाचनमा कोल्हवी नगरपालीकाको प्रथम निर्वाचीत नगर प्रमुख भएका थिए ।

 

 

 

राजनिति गर्ने मान्छेले निस्वार्थ राजनिति गर्नुपर्छ भन्ने भण्डारीको धेय छ । राजनिति भन्दैमा सबैले गर्न नसकिने भएको हुदाँ समस्या संग चल्न र जुध्न सक्ने क्षमताको व्यक्तीले मात्र जिल्ला चलाउन सक्ने भएको हुदाँ भण्डारी नेतृत्व लिन तयार छन् ।

 

 

 

पछिल्लो समय राजनितिलाई कमाउने भाँडो बनाइदिदा सिंगो राजनिति गर्ने ब्यक्ती बदनामित भइरहेको भण्डारी बताउँछन् । ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गरिदिदा जनतामा राजनिति गर्नेमाथीको बिश्वास घटेको हो । स्वार्थ राखेर धेरै पछिसम्म टिक्दैन निस्वार्थ काम गर्नका लागी सबैले मिल्नुपर्नेमा भण्डारीको जोड छ ।

 

 

 

 

भण्डारी राजनितिलाई कमाई खाने भाँडो बनाउने परम्परालाई तोड्ने पक्षमा छन् । उनी आफै ब्यवसाय संगसंगै राजनिति गर्ने भएको हुदाँ ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गनुपर्ने बाध्यतामा उनि छैनन् ।गलत काममा लाग्नेलाई सतर्क गराउने देखी दुख पिडामा परेका ब्यक्तीहरुलाई सहयोग गर्ने सम्मका काममा भण्डारी जहिलेपनि अगाडी हुन्थे । निरन्तर राजनितिमा लागेका भण्डारी बिभिन्न पटक पार्टीको आन्तरिक चपेटामा समेत परेका थिए तर उनि निरन्तर जनतासंगै काममा ब्यस्त हुन्थे । बाराको चारवटै क्षेत्रमा उनि निकै सक्रिय छन् ।

 

 

 

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने भण्डारी त्यसैले कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्छन् । पार्टीमा सादा जीवन र सोच भएका धेरै सदस्यहरु रहेको बताउने भण्डारी पार्टी नेतृत्व र जनता बिचको ग्याप घटाउँदै रुपान्तरणको अनुभूति जनताका जीवनमा गराउनुपर्नेमा संकल्पित छन् ।चार दशकदेखि राजनीतिको अनवरत यात्रामा रहेका भण्डारी यस क्षेत्रका शान्त, सरल र पार्टी नेतृत्वसंग नजिकको पहिचाज राख्ने नेताका रुपमा परिचित छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर),  उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

गोरखा,  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी हुनुभएको छ । आज सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो । उहाँले...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ ।आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको हो । नेप्से परिसूचक १३५ अङ्क अर्थात्...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर),  उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९