गुजरातमाथि लखनउको शानदार जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो ।लखनउले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरात १८.५ ओभरमा अल आउट हुदै १३० रन मात्र बनाएपछि खेल ३३ रनले हारेको थियो ।यस अघि लखनउले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १६३ रन बनाएको थियो ।यो जितपछि लखनउको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी गुजरातको भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१