मल्लोर्कामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले परजित गरेको हो ।रियल म्याड्रिडको जितमा खेलको ४८औं मिनेटमा औउरेलिएन टचोउआमेनीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।यो जितपछि रियल म्याड्रिडको ३१ खेलमा ७८ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ ।त्यसैगरी मल्लोर्काको ३१ खेलमा ३१ अंक छ र लिगमा १५औं स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१