सरकारको दाबि गर्न नाउपाका लक्ष्मणकिशोर प्रदेश प्रमुख कार्यालय पुगे

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर चौधरी कांग्रेस र एकीकृत समाजवादीका सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।  आज सरकार दाबि गर्न प्रदेश प्रमुखले तोकेको अन्तिम दिन हो । आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको थियो ।

 

 

 

प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो ।  कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको थियो ।समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहकाबीच सहमति भएको हो ।

 

 

 

सुदूरपश्चिममा काँग्रेसका १८, एकीकृत समाजवादीका चार र र नाउपाको रेशम चौधरी पक्षका चार सांसद छन् । यो सहमतिपछि सुदूरपश्चिममा बहुमतको लागि आवश्यक २६ मत पुग्ने भएको छ । यद्यपी केन्द्रको नयाँसमीकरणका दलहरुबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान थियो । नाउपाकी  अध्यक्षा रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले नयाँ एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबि गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग नयाँ सहमति गरेको हो ।

 

 

५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य कायम रहेका छन् । सुदूरपश्चिमका एक सांसदको निधन भएको छ भने नाउपाले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपाची ५१ सदस्य रहेका छन् । यस अवस्थामा सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?