लिभरकुसनले पहिलो पटक जित्यो बुण्डेसलिगाको उपाधि

काठमाडौँ । बायर लिभरकुसनले यस सिजनको जर्मनी बुण्डेसलिगाको उपाधि जितेको छ ।गएराती सम्पन्न वेरडेरविरुद्धको खेल ५-० गोल अन्तरले जितेसँगै लिभरकुसनले यो सिजन अपराजित रहदै जितेको हो ।लिभरकुसनले लिगका ५ खेलअघि नै उपाधि जितेको छ ।

 

२९ खेलमा २५ जित र ४ बराबरी खेलेको लिभरकुसनको ७९ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको ६३ अंक रहेको छ ।यसअघि पाँच पटक उपविजेता बनेपनि लिभरकुसनले बुण्डेसलिगाको उपाधि जितेको यो पहिलो पटक हो । बुण्डेसलिगाको उपाधि सबैभन्दा बढी भने बायर्न म्युनिखले ३२ पटक जितेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१