सत्ता समीकरणको संकट: एसको विद्रोह टर्यो, सहकारीमा घेरिदै !

काठमाडौँ । सुदूरपश्चिमबाट शुरु हुन खोजेको सत्ता समीकरणको बिभाजनको बिजारोपण अहिलेलाई टरेको देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघिको आफ्नो निर्णय सच्याउदै एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएसँगै सत्ता समीकरणको संकट टरेको देखिएको छ ।  सुदूरपश्चिममा यसअघि नाउपाका दुई सांसदले गरेको दाबि अस्वीकार गरिएको छ र विहिबारसम्म नयाँ दाबि पेश गर्न आव्हान भएको छ ।  अब एकीकृत समाजवादीका दिर्घ सोडारी मुख्यमन्त्री बन्ने तयारीमा छन् । उनले एमाले, माओवादी केन्द्रको समर्थनमा सरकारमा दाबि गर्ने तयारी गरेका छन् ।

 

सोडारीलाई नाउपाका कति सांसदले सर्मथन गर्छन भन्ने स्पष्ट रहेको छैन । नाउपामा संसदीय दलको नेताको विवाद र रेशम चौधरी पक्षका बहुमत सांसदले सोडारीलाई समर्थन गर्ने नगर्ने स्पष्ट नरहेकाले सत्ता समीकरणको योजना अनुसार बहुमत पुग्ने स्पष्ट भने भइसकेको छैन ।  सुदूरपश्चिममामा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ४ सांसद छन् ।  त्यस्तै नाउपाका ७ तथा राप्रपा र स्वतन्त्र एक एक सांसद रहेका छन् ।

एकीकृत समाजवादीले पुर्व सहमति अनुसार आफुलाई मुख्यमन्त्री नदिएको भन्दै समीकरणमा विद्रोह गरेको सुदूरपश्चिमको घटना अहिलेलाई टरेको बताइए पनि यो दिर्घकालिन समाधान भने नभएको विश्लेषण गरिएको छ । एकीकृत समाजवादीले केन्द्रमा सम्मानजनक भागबण्डा मात्र मागेको छैन सातै प्रदेशमा बार्गेनिङ गरिरहेको छ ।  आफु निर्णायक रहेको बागमती र मधेश प्रदेशमा सम्मानजनक भाग नपाएको एकीकृत समाजवादीको गुनासो कायम छ । सुदूरपश्चिमको घटनाले उसलाई सत्ता समीकरणमा आफ्नो बार्गेनिङ शक्तिलाई अझ बढाएको देखिएको छ ।

 

तत्कालका लागि टरेको जस्तो देखिएको समीकरणको संकट यसका नेताहरुले एकीकृत समाजवादीका माग कहिलेसम्म र कति पुरा गर्दै जान्छन्, त्यो हेर्न भने रोचक हुने देखिएको छ । सत्ता समीकरणमा एकीकृत समाजवादीले गरेको विद्रोह शान्त भएपनि यसका अन्य समस्या भने बढ्दै गएको देखिएको छ ।  समीकरणको प्रमुख समस्या रास्वपा सभापति एवम गृहमन्त्री रवि लामिछाने बनेका छन् ।  सहकारी ठगी प्रकरणमा एक पछि अर्को  प्रमाण बाहिरिदै गर्दा उनी हरेक दिन घेराबन्दीमा परिरहेका छन् ।

 

सहकारी पिडित सडकमा उत्रिएका छन् भने प्रहरीले गरेको अनुसन्धानमा लामिछानेले ऋण लिएको देखिएर पनि प्रतिवादी नबनाएको घटनाले लामिछानेसँग मात्र होइन सिंगो सरकारमाथि प्रश्न उठेको छ । लाखौ आम जनताको बचत हिनामिना भएको यस प्रकरणले लामिछानेलाई मात्र होइन सिंगो सरकार र समीकरणलाई घेर्दै लैजानेमा कुनै शंका छैन ।

 

अब अहिलेका सत्ता समीकरण दलहरुले यो विषयलाई कति लामो सम्म अहिलेको अवस्थामा लैजान सक्छन् भन्ने मात्र देखिएको छ ।  आम जनताको बचत लुटिएको छ । करोड रकम अवैध रुपमा लिएको विषय प्रमाणित भैसक्दा पनि सरकारले सामान्य घटना जस्तो बनाउदै जानुलाई सामने रुपमा लिन नसकिने र यसले समग्र समीकरणलाई नै कमजोर बनाउदै जाने देखिन्छ । त्यसैले एकीकृत समाजवादीको विद्रोह तत्कालका लागि रोकिए पनि लामिछानेको संकटलाई सरकार र समीकरणले कसरी टार्छ, हेर्न बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताउनुभएको छ ।प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक,...

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ,  बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १४ हजार...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ,  स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९