मलेसियामाथि हङकङको फराकिलो जित, सेमिफाइनलको निर्णय नेपालको खेलपछि

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले मलेसियालाई पराजित गरेको छ । समुह ए अन्तर्गत समुह चरणको अन्तिम खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजति गरेको हो ।  मलेसियाले दिएको १४१ रनको लक्ष्य पछाएको हङकङले १२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 

 

यसअघि मलेसियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । यो जितपछि हङकङ समुह ए मा ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ ।

 

 

अब नेपाल र साउदी अरेबियाबीचको जारी खेलमा साउदी अरेबिया पराजित भएमा हङकङ समुह उपविजेता हुदै सेमिफाइनलमा जाने छ । साउदी अरेबियाले नेपाललाई पराजित गरेमा भने राम्रो रनरेटका आधारमा साउदी अरेबिया सेमिफाइनलमा पुग्ने छ । नेपाल भने यसअघि नै समुह विजेता हुदै सेमिफाइनलमा पुगिसकेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१