महोत्तरी । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरमा विकासको गतिलाई अगाडि बढाउन नसकिएको स्विकार गरेका छन ।सडक संजालमा पुराना ठेक्काका काम, ढलान र स्त्तरोन्न्ती वाहेक २ बर्षसम्म नगर लयमा अगाडि वढन नसकेको आरोप लागिरहेको वेला नगरप्रमुख क्षेत्रीले विकासमा ग्रहण लागेको वताएका हुन ।
मधेश प्रदेश सरकारका नवनियुक्त दुई मन्त्री भरत प्रसाद साह र सारदादेवी थापालाई वधाई तथा सुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा वोल्दै विकासको गतिमा बाधा र अन्धकार लागेको प्रतिक्रिया दिए ।
`बर्दिवासको विकास अन्य ठाउँको तुलनामा पछि परेको छ । यस्को पछाडी विभिन्न वाधा र व्यवधान खडा भएका छन यस्को लागि दुई मन्त्रीले नेतृत्व लिनुपर्छ ।´ नगरप्रमुख क्षेत्रीले भने । `म आफै पनि यस्लाई छिचोलेर अगाडि वढीरहेको छु ।´
उन्ले विकासमा के कारणले ग्रहण लागेको भन्ने बिषयमा नखुलाएतापनी केही अवरोध कै कारण विकास हुन नसकेको स्विकार गरेका छन । विकासमा अवरोध सिर्जना गर्न केही मानिसहरु लागेको र विकासलाई सकारात्मकरुपमा ग्रहण गर्न नगरप्रमुख क्षेत्रीले आग्रह गरे ।तर वाधा र विरोध आएतापनी आफू विचलित नभएको र विकासलाई गति दिन प्रयासरत रहेको उन्को भनाई छ ।
नगरप्रमुख क्षेत्रीले निर्वाचित भएको केही महिनादेखी नै विकासमा ग्रहण र वादल लागेको वताएका थिए । अपेक्षित विकास नभएको भन्दै सामाजिक संजालवाट वाक्लै आलोचना सुरु हुन थालेपछी नगरप्रमुख क्षेत्रीले उहीँ पुरानो वाक्यलाई पुनरावृती गराएका छन ।अन्य क्षेत्रको तुलनामा बर्दिवास नगर क्षेत्रको विकास नभएको स्विकार गर्दै नगरप्रमुख क्षेत्रीले यसभित्रको किचलो र अडचनलाई दुई मन्त्रीले नै हटाउनेमा विस्वास ब्यक्त गरे ।
विकासको काममा जस लिनेहरुप्रती समेत व्यंग्य प्रहार गर्दै उन्ले यस्ले राम्रो नगर्ने वताए । संघ, प्रदेश, स्थानिय सरकारमा जस्ले नेतृत्व गरेको भएतापनी विकासमा भने साझा धारणा वनाउनुपर्नेमा नगरप्रमुख क्षेत्रीको जोड रहेको छ ।



























































































































































