
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लिभरपुलमाथि शानदार जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा एभर्टनले लिभरपुललाई २-० गोल अन्तरले स्तब्ध बनाएको हो । लिग जितको दौडमा रहेको लिभरपुललाई यो हारले ठुलो धक्का पुग्ने देखिएको छ ।एभर्टनको जितमा जारार्ड ब्रान्थवैट र डोमिनिक काल्भेर्ट लेविनले एक एक गोल गरेका थिए ।यो जितपछि एभर्टनको ३४ खेलमा ३३ अंक भएको छ र लिगमा १६औं स्थानमा रहेको छ ।
त्यस्तै यो हारले लिभरपुल को ३४ खेलमा ७४ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।३४ खेलमा ७७ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । त्यस्तै दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।