अदालतको अवहेलना मुद्धामा ट्रम्प दोषी ठहर

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ ।बारम्बार ग्याग आदेश उल्लंघन गरेको भन्दै अदालतले उनलाई नौ हजार अमेरिकी डलर जरिवाना गरेको छ । ग्यागले उनलाई साक्षीहरू, न्यायाधीशहरू र गोप्य पैसा मुद्दासँग सम्बन्धित अन्य चीजहरूको बारेमा सार्वजनिक बयान गर्न प्रतिबन्ध लगाएको थियो । यस वर्षको अन्त्यमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । पूर्व राष्ट्रपति ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा छ ।

 

 

 

 

मिडिया रिपोर्टका अनुसार अभियोजकहरूले ट्रम्पलाई १० काउन्ट उल्लङ्घन गरेको आरोप लगाएका थिए । यो अदालतको जरिवाना ट्रम्पको लागि कडा हप्क हो किनभने उनले सधैं आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गरिरहेको बताएका थिए ।

 

 

 

हालै नेशनल इन्क्वायररका प्रकाशक डेभिड पेकरले पूर्व अमेरिकी राष्ट्रपतिविरुद्ध मुद्दामा बयान दिएका छन् । पेकरले ट्रम्पको राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्न आफ्नो ट्याब्लोइड प्रयोग गर्न २०१६ मा गोप्य सम्झौता गरेका थिए । पेकर आपराधिक सम्पत्ति शुद्धीकरण मुद्दामा पहिलो साक्षी हुन्। पेकरले न्यूयोर्कको अदालतलाई २०१५ मा उनले ट्रम्पलाई एन्क्वायररले उनको बारेमा सकारात्मक समाचार प्रकाशित गर्ने सहमति भएको बताए ।

 

 

 

पेकरले ट्रम्पलाई २०१६ को चुनावमा कथित बाहिरका महिलासँगको सम्बन्धलाई दबाउन मद्दत गरेका थिए । पेकरले ट्रम्पले पोर्न स्टार डेनियललाई १ लाख ३० हजार डलरको भुक्तान लुकाउन आपराधिक रूपमा व्यापार रेकर्ड झूटा बनाएको आरोप लगाएका छन् । तर, वकिलहरूले ट्रम्पले कुनै अपराध नगरेको तर्क गर्छन् ।

 

 

 

ट्रम्पका पूर्व वकिल माइकल कोहेनले स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेका थिए । स्टर्मी डेनियल ट्रम्पसँगको अवैध सम्बन्ध बाहिर नल्याउन सो रकम दिइएको थियो । यस मामिलामा ट्रम्पले डेनियलसँगको सम्बन्धलाई अस्वीकार गर्दै आएका छन् ।

 

 

 

यसअघि सुनुवाइका क्रममा वकिल म्याथ्यू कोलान्जेलोले ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनावमा भ्रष्टाचार गर्ने आपराधिक योजना बनाएको बताएका थिए । अमेरिकामा राष्ट्रपति चुनाव अघि सुनुवाइ हुने ट्रम्पको चार आपराधिक मुद्दामध्ये यो एक मात्र केस हुन सक्छ । यस मामिलामा ट्रम्प दोषी ठहर भएमा उनको उम्मेदवारी खतरामा पर्न सक्छ । पूर्व राष्ट्रपतिले आफ्ना समर्थकहरूलाई देशभरका अदालतहरूमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।

 

 

 

 

यस मुद्दामा यसअघि अदालतले ट्रम्पको याचिका खारेज गरिदिएको थियो, जसमा उनले गोप्य पैसाको मुद्दाको सुनुवाइका लागि अदालत परिवर्तन गर्न माग गरेका थिए । पूर्व राष्ट्रपति ट्रम्पका वकिलहरूले अदालतलाई मुद्दाको सुनुवाइ स्थगित गर्न आग्रह गरेका थिए तर न्यायमूर्ति लिजाबेथ गोन्जालेजले उनीहरूको अपील अस्वीकार गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नजिकबाट माछापुच्छे नियाल्न ‘हेम्जाकोट’

गण्डकी,  आँखै अगाडी चाँदीझैँ टलक्क टल्कने माछापुच्छे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनङज्गल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू । यो हेम्जाकोट हो, जहाँबाट दक्षिणतर्फ पोखरा देखिन्छ । हालसम्म आरोहण नभएका कारण हिमालको उपमा पाएको माछापुच्छ«ेको काखमा रहेको यो गाउँ कास्कीको माछापुच्छ«े गाउँपालिका–६...

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौँ,  तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।   सो आयोजानमा सिद्धार्थ बैंकले रु ५०...

नजिकबाट माछापुच्छे नियाल्न ‘हेम्जाकोट’

गण्डकी,  आँखै अगाडी चाँदीझैँ टलक्क टल्कने माछापुच्छे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनङज्गल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू । यो हेम्जाकोट हो, जहाँबाट दक्षिणतर्फ पोखरा देखिन्छ । हालसम्म आरोहण नभएका कारण हिमालको उपमा पाएको माछापुच्छ«ेको काखमा रहेको यो गाउँ कास्कीको माछापुच्छ«े गाउँपालिका–६...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९