अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन, हजारभन्दा बढी नियन्त्रणमा

काठमाडौँ ।अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव भएको छ ।विश्वविधालयमा १०० भन्दा बढी प्रहरी प्रवेश गरेपछि तनाव भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । उनीहरू र्‍याम्प प्रयोग गरेर विश्वविद्यालयको ह्यामिल्टन भवनमा झ्यालबाट प्रवेश गरेको र उनीहरुले भवनलाई आन्दोलनकारीबाट मुक्त गराएको बताइएको छ ।

 

इजरायल विरोधी प्रदर्शनकारीहरूले सोमबार राति विश्वविद्यालयको भवन ह्यामिल्टन हललाई कब्जा गरेका थिए । न्यूयोर्क टाइम्सका अनुसार उनीहरूले विश्वविद्यालयको फर्निचर र भेन्डिङ मेसिनसहित भवनको गेट अवरुद्ध गरेका थिए ।

 

 

 

झ्यालहरूमा अखबारहरू टाँसिएको थियो, ताकि भित्र केही देख्न नसकोस् । त्यसपछि उनले झ्यालबाट प्यालेस्टाइनको झण्डा फहराए । प्रदर्शनकारीले प्यालेस्टाइनको स्वतन्त्रताको लागि नारा समेत लगाएका थिए ।

 

 

 

यसपछि प्रदर्शनकारीहरूले विश्वविद्यालय भवनको नाम ह्यामिल्टनबाट ‘हिन्द हल’ राख्ने घोषणा गरेका थिए । वास्तवमा, हिन्द रजब गाजामा बस्ने ६ वर्षीया बालिका थिइन्, जसको इजरायली आक्रमणमा मृत्यु भएको थियो । आन्दोलनकारीले विश्वविद्यालयका धेरै ठाउँमा तोडफोड समेत गरेपछि प्रहरी बोलाउन बाध्य भएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

 

 

 

 

प्रहरी ह्यामिल्टन हल कब्जा गरेको करिब २० घण्टापछि विश्वविद्यालय पुगेको थियो । सीएनएनका अनुसार प्रहरीले कोलम्बिया विश्वविद्यालय र सिटी कलेजमा करिब १०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ। उनलाई अहिले विश्वविद्यालयबाहिर बसमा राखिएको छ । विश्वविद्यालयले जेठ १७ गतेसम्म क्याम्पसमा बस्न प्रहरीलाई आग्रह गरेको छ ।

 

 

 

विश्वविद्यालय प्रवेश गरेको २ घण्टाभित्रै प्रहरीले ह्यामिल्टन भवनलाई प्रदर्शनकारीहरूबाट मुक्त गराएको थियो । यद्यपि उनीहरूले प्रदर्शनकारीहरूलाई पक्राउ गर्न शहरका अन्य क्षेत्रहरूमा अझै अनुसन्धान गरिरहेका छन् ।

 

 

 

 

अमेरिकाका विभिन्न विश्वविद्यालयमा अहिले इजरायल विरोधी प्रदर्शन लगातार भइरहेका छन् । अहिलेसम्म प्रहरीले प्रदर्शनमा सहभागी भएका एक हजार भन्दा बढीलाई नियन्त्रणमा लिएको सिएनएनले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९