प्रभु इन्स्योरेन्सको आज सभा बस्दै, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै

काठमाडौं । प्रभु इन्स्योरेन्सको बिहिबार (आज) वार्षिक साधारण सभा बस्दैछ । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको सभामा पेश गर्नेछ । प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

 

 

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१