राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई एक रनले पराजित गरेको हो ।

 

सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०० रन मात्र बनाएपछि खेल सनराइजर्सले एक रनले जितेको हो । यस अघि सनराइजर्सले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

 

यो जितपछि सनराइजर्सको १० खेलमा ६ जित र ४ हारसहित १२ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । त्यसैगरी राजस्थानको भने यस सिजनमा यो दोस्रो हार हो । १० खेलमा ८ जितसहित १६ अंक हासिल गर्दै राजस्थान शिर्ष स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१