लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले लखनउलाई ९८ रनले पराजित गरेको हो ।

 

कोलकोताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६.१ ओभरमा अल आउट हुदै १३७ रन मात्र बनाएको थियो । यसअघि कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै २३५ रन बनाएको थियो ।

 

यो जितपछि कोलकोता शिर्ष स्थानमा उक्लिएको छ । कोलकोताको ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१