अमेरिकाले हतियार रोकेपछि नेतान्याहुले भने- इजरायल एक्लै उभिन सक्छ

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै उभिन सक्ने बताएका छन् ।नेतान्याहुको यो भनाइ यस्तो बेला आएको हो जब अमेरिकाले इजरायलले रफाहमा कुनै ठूलो कारबाही गरेमा त्यसलाई (इजरायल) लाई हतियार आपूर्ति नगरिने चेतावनी दिएको छ । ‘आवश्यक भएमा हामी एक्लै खडा हुनेछौं,’ नेतान्याहुले भने । आवश्यक परे अन्तिम साससम्म लड्छौँ भनेर मैले पहिले पनि भनेको छु ।

 

 

इजरायलका रक्षामन्त्री योभ गालान्टले भने, ‘मित्र र शत्रुले बुझ्नुपर्छ, यो देश (इजरायल) पछाडि छोड्न सकिँदैन । हामी बलियो छौं र हाम्रो लक्ष्य हासिल गर्नेछौं ।’अमेरिकाले मानव जीवनमा खतरालाई मध्यनजर गर्दै रफाहमा बमको ढुवानीमा प्रतिबन्ध लगाएको छ ।सोमबार इजरायलले करिब एक लाख मानिसलाई रफाह छोड्न आग्रह गरेको थियो ।

 

 

इजरायलले हमासमाथि विजय हासिल गर्न रफाहमा आक्रमण दोहोर्याइरहेको छ।यदि इजरायलले रफाहमा ठूलो कारवाही गरेमा हजारौं मानिसको ज्यान जान सक्ने अमेरिका र अन्य संगठनहरू विश्वास गर्छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१