२७ श्रष्टालाई सम्मान अर्पण गर्दै साहित्य समाज, एक लाख ११ हजार राशिको पुरस्कार अवस्थीलाई

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले २७ जना श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टाहरूलाई पुरस्कार प्रदान गर्दै आएको साहित्य समाजले यस पटक पनि विविन्न विधामा २७ जनालाई सम्मान गर्न लागेको हो।

 

 

 

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले निकट दिनमै विशेष समारोहबीच उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने बताए। यस वर्षको एक लाख ११ हजार १ सय ११ राशीको बद्रीकृष्णा वाङ्मय पुरस्कार, २०८० बैतडीका प्राध्यापक डा. महादेव अवस्थीलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष पाण्डेयले बताए। यसअघि २०७९ सालको बद्रीकृष्णा वाङ्मय पुरस्कार स्रष्टा झमक कुमारी घिमिरेलाई प्रदान गरिएको थियो।

 

 

त्यसैगरी २०८० को प्रभास राज्यलक्ष्मी कृति पुरस्कार अछामका प्राज्ञ यज्ञराज उपाध्यायलाई प्रदान गरिने छ। उक्त पु्रस्कारको राशी पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ नै रहेको छ। २०७९ को प्रभास राज्यलक्ष्मी कृति पुरस्कार जनकपुरका प्रा.डा. राजेन्द्र बिमललाई प्रदान गर्ने निर्णय गरिएको पाण्डेयको भनाइ छ।

 

 

 

यस वर्ष २५ हजार रुपैयाँको श्रीलोचन साहित्य पुरस्कार २०८० कास्कीका प्राध्यापक माधव वियोगी र २०७९ को श्रीलोचन साहित्य पुरस्कार कञ्चनपुरका रामचन्द्र नेपाललाई दिइने भएको छ। साहित्य समाजले स्थापना गरेको २५ हजार राशीको जयराज पन्त लोकसाहित्य पुरस्कार, २०८० बैतडीका हेमबाबु लेखक र २०७९ को पुरस्कार पिथौरागढ, भारतका डा. पिताम्बर अवस्थीलाई दिने निर्णय गरिएको अध्यक्ष पाण्डेयले बताए।

 

 

त्यसैगरी २५ हजार राशीकै सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार, २०८० कञ्चनपुरका पदम राना र २०७९ को पुरस्कार कैलालीका डम्बर चौधरीलाई प्रदान गरिने उनले जानकारी दिए। २५ हजार राशीको गणेश स्मृति हेमन्ती पुरस्कार २०८० बैतडीका कर्ण दयाल र २०७९ को पुरस्कार चितवनका गणेश श्रमणलाई प्रदान गरिने अध्यक्ष पाण्डेय बताउँछन्।

 

 

त्यसैगरी २५ हजार राशीको बिष्णुदास यज्ञ साहित्य पुरस्कार २०८० बाँकेको नेपालगन्जका किरण आचार्य र २०७९ को पुरस्कार डोटीका टीआर पाठकलाई दिइने छ। २५ हजार राशीको जसुदा संगीत पुरस्कार २०८० बाजुराका शोभा थापा र २०७९ डोटीका गोपाल सुचिकारलाई दिने निर्णय गरिएको पाण्डेयले जानकारी दिए। २५ हजार राशीकै जसुदा शिक्षा पुरस्कार २०८० कैलालीका कुलासिंह बम र २०७९ को पुरस्कार डडेल्धुराका जयराज पन्तलाई प्रदान गरिने छ।

 

 

 

२५ हजार राशीको जसुदा समाज सेवा पुरस्कार २०८० इटहरिका सुभद्रा प्याकुरेल र २०७९ को पुरस्कार कैलालीका दीपक उपाध्यायलाई प्रदान गर्ने निर्णय गरिएको उनले जानकारी दिए। साहित्य समाजका महासचिव गणेश नेपालीका अनुसार २५ हजार राशीको जसुदा साहित्य पुरस्कार २०८० बाँकेको नेपालगन्जका अञ्जु न्यौपाने र २०७९ को पुरस्कार बाजुराका खगेन्द्र गिरी कोपिलालाई प्रदान गरिने छ।

 

 

२५ हजार राशीको सावित्री साहु स्मृति पुरस्कार २०८० भारतको उत्तराखण्डका, उप्रेती सिस्टर, ज्योति र निरजा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए। त्यसैगरी ११ हजार रुपैयाँ राशीको हरुदेवी स्मृति स्रष्टा सम्मान २०८० डोटीका पत्रकार मुकुन्द भण्डारी र २०७९ को सोही पुरुस्कार पाल्पाका बिनु गौतमलाई प्रदान गर्ने निर्णय गरिएको महासचिव नेपालीको भनाइ छ।

 

 

त्यसैगरी ११ हजार रुपैयाँ राशीको प्रतिभाश्री सम्मान पुरुस्कार २०८० बझाङका पूर्णबहादुर मल्ल र २०७९ को सम्मान साहित्यकार बाजुराका जयलक्ष्मी जोशीलाई प्रदान गर्ने निर्णय गरिएको महासचिव नेपालीले बताए।साहित्य समाजले विभिन्न साहित्यिक गतिविधि गर्नुका साथै साहित्यका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तिहरूलाई प्रत्यके वर्ष  सम्मान गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर,  परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो ।   यही माघ ४ गतेबाट...

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

काठमाडौँ, निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

घोडाघोडी (कैलाली),  यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै...

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

घोडाघोडी (कैलाली),  यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ,  वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९