कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।संसदीय दल कार्यसमितिको बैठक बिहान ८:३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

 

 

 

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने अडान लिएको छ । आइतबार सदनमा गृहमन्त्री रवि लामिछाने सम्बोधन गरेपछि बैठक स्थगन गरिएको थियो ।

 

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेका आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने विषयमा बैठकले रणनीति तय गर्ने कांग्रेसले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?