ट्रम्पको राष्ट्रपतिको अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउदै

काठमाडौँ । अमेरिकामा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । मुख्य प्रतिस्पर्धा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच छ । यसैबीच, अदालतले ट्रम्पविरुद्ध चलिरहेको गोप्य पैसा भुक्तानी मुद्दामा अर्को हप्ता आफ्नो फैसला दिन सक्ने चर्चा चलेको छ ।यसले राष्ट्रपति चुनावमा ठूलो प्रभाव पार्न सक्ने बताइएको छ ।  ट्रम्पले २०१६ को चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई चुप राख्न ठूलो रकम तिरेका थिए । यो लुकाउन उनले व्यापारिक अभिलेख नक्कली राखेका थिए । पछिला दिनहरुमा ट्रम्प चुनावी प्रचार भन्दा पनि अदालतमा बढी रहेका छन् । यस्तो अवस्थामा अदालतको निर्णयले ट्रम्पलाई कस्तो असर पार्न सक्छ भन्ने जान्न जरुरी छ ।

 

 

 

अदालतले ट्रम्पलाई दोषी ठहर गर्‍यो भने उनको राष्ट्रपतीय क्याम्पेनलाई असर पर्ने देखिएको छ । गत अप्रिलमा गरिएको सर्वेक्षण अनुसार चारमध्ये एक जना रिपब्लिकनले ट्रम्प दोषी पाइएमा उनलाई भोट नगर्ने बताएका छन् । उही समयमा, ६० प्रतिशत स्वतन्त्र मतदाताले ट्रम्प दोषी ठहरिए भने, उनीहरूले उनलाई कुनै पनि हालतमा मतदान गर्ने छैनन्। रिपब्लिकन कन्सल्टेन्ट ट्रिसिया म्याकलाफ्लिनले दोषी फैसलाले ट्रम्पलाई मनोवैज्ञानिक असर पार्ने बताएकी छन् ।

 

 

 

यदि अदालतले ट्रम्पलाई रिहा गरेमा ट्रम्पको लागि ठूलो जीत हुनेछ । किनभने ट्रम्पले सधैं यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्छन् । यसको एउटै उद्देश्य आफुलाई राष्ट्रपति पदमा दाबी गर्नबाट रोक्नु भएको उनले बताउदै आएका छन् । कानुनी विज्ञहरू भन्छन्, ट्रम्पको मुद्दा हेरिरहेका १२ न्यायाधीशहरूले सर्वसम्मत फैसलामा नपुगेको खण्डमा नतिजा के आउछ भन्ने स्पष्ट छैन ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९