सानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल

ललितपुर । फेसन नेटवर्क नेपालको आयोजनामा आज जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म आयोजना हुने ‘नेपाल फेसन फेस्टिभल’प्रारम्भ भएको छ ।ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहीवार साँझ आयोजित एक भव्य समारोहमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतका व्यक्तित्वले रिबन काटेर उक्त फेस्टिभलको विधिवत रुपमा उद्घाटन गरेका छन् ।जेठ १३ गते  आइतवारसम्म सञ्चालन हुने यो फेस्टिभललाई ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना गरिएको छ ।उद्घाटन समारोहमा आफ्नो मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथि उप–प्रमुख शाक्यले बुद्ध पूर्णिकाको पूण्य दिन पारेर उद्घाटन गरिएको यो फेस्टिभल आफैंमा उपलब्धिमूलक हुने शुभकामना व्यक्त गरिन् ।यो फेसनसंग सम्बन्धित कार्यक्रममा म अनुभवविहिन् छु भन्ने लागेको थियो, उप–प्रमुख शाक्यको भनाइ छ– ‘तर यो कार्यक्रमको तयारी, उद्देश्य तथा प्रस्तुतिकरण देख्दा म कृतक्ष भएँ । मलाई फेसन गर्न नआउने भए पनि मैले फेसन भनेको आफ्नै आत्मविश्वासको स्तर माथि पुर्याउनै शैली हो भन्ने बुझेकी छु । यो फेस्टिभवलले जीवन शैलीका सबै पक्षहरु समेटेको पाउँदा खुशी लागेको छ । म यो फेस्टिभलको सफलताको शुभकामना चाहन्छु ।’उप–प्रमुख शाक्यले मेलामा प्रदर्शकको रुपमा सहभागि ८० भन्दा बढी उद्यमी–व्यवसायिहरुलाई सफलताको शुभकामना दिँदै नेपालमै बसेर केही गर्छु भन्ने हिम्मतका लागि स्यालूट गर्ने बताइन् ।आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयको कठोर परिश्रमपछि नेपालमै पहिलो पटक एउटा भिन्नै प्रकारको फेस्टिभल अर्थात नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताउँदै निर्देशक ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन गर्न, यो क्षेत्रमा आवद्ध भएका सम्पूर्ण व्यक्ति, संघ, संस्था, उद्यमीहरुलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रमा भएका उपलब्धिहरुको बारेमा जानकारी गराउनतथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्ने उदेश्यले यो महोत्सवको आयोजना गरिएको बताए ।   नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा बढ्नको लागि स्थापना भएको बिजनेस नेटवर्क प्लेटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन)  ले नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गरेको हो, ताम्राकारको भनाइ छ– ‘नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उदेश्यले यो महोत्सव आयोजन गरिएको हो ।’  ताम्राकारले नेपाली फेसन, सौन्दर्य, जीवनशैली तथा कलाको क्षेत्रको उत्सवको रुपमा तीन दिने नेपाल फेसन फेस्टिभलको आयोजना गरिएको समेत बताए ।
आयोजक संस्थाका अर्का संस्थापक निर्देशक शेखर राज कसजुले यो फेस्टिभलमार्फत रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्य लिएको बताए ।

 

 

 

निर्देशक कसजुले नेपालको फेसन उद्योगलाई डिजिटलाइजेन गर्दै अनलाइन र इकमर्शमार्फत यसलाई प्रमोट गर्ने उद्देश्यले स्थापना भएको फेसन नेटवर्क नेपालले भौतिक रुपमा समेत फेसन उद्योगलाई चलायमान, संस्थागत तथा व्यवसायिक बनाउन केही नया“ कार्य गर्नैपर्छ भन्ने उद्देश्यले तीन दिने नेपाल फेसन फेस्टिभल आयोजना गर्न लागेको बताए ।हामीले एक–अर्कासंग नेटवर्किङ गर्न सकियोस्, सहकार्य गर्न सकियोस्, एक–अर्कासंग हातेमालो गर्न सकियोस् अनि आफूले हासिल गरेको अनुभव शेयर गर्न सकियोस् भनेर यो फेस्टिभल आयोजना गर्ने निर्णय गरेका हौं, संस्थापक कसजुले फेस्टिभलमा झण्डै ८० वटा स्टलमार्फत तीन दिनसम्म समाजका विभिन्न क्षेत्रलाई एउटै छानामुनि समेट्ने प्रयास गरेको बताए ।

 

 

 

उद्घाटन समारोहमा तीन दिनसम्म आयोजना हुने फेसन रनको समेत उद्घाटन गरियो । उद्घाटन सिक्वेन्सको रुपमा बिआईए फाउण्डेसनका आठ जना व्यक्तिहरुले मोडलको रुपमा ह्वीलचेयरमै र्याम्पमा उपस्थित भएर फेसन शो प्रस्तुत गरेका थिए । उनीहरुले पालै–पालो  र्याम्पमा प्रस्तुत भएर उपस्थित दर्शकदीर्घालाई अभिभावना गर्दा तालीको गडगडाहटले स्वागत गरिएको थियो ।
नेपाल फेसन फेस्टिभलमा जेठ ११ देखि १३ गतेसम्म हरेक साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदैछ । जहाँ दुई दर्जनभन्दा बढी मोडलहरुले फेस्टिभलमै आवद्ध भएका बुटिक तथा डिजाइनरले तयार पारेका पहिरनहरु प्रस्तुत गर्नेछन् ।

 

 

फेस्टिभलमा पञ्च एण्ड सन्स ज्वेलरी, परि कस्मेटिक्स, रिजभल कस्मेटिक्स,  नमूना कलेज अफ फेसन टेक्नोलोजी , आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन, पिके मार्केटिङ , इन्टा अटायर, आवरण स्किन क्लिनिक, बप्दावा द आर्ट अफ फेसन, टारी मटियाना, हेल्दी च्वाइस, प्रमानी फेसन हाउस, स्विफ्ट टेक्नोलोजीज, राष्ट्रिय पोशाक घर, श्रीकेश हेयर ओयल, एलआईएम कलेज एएलसीका स्टलहरु राखिएका छन् ।
त्यस्तै गुर्खा वाच, अमृता क्राफ्ट, ज्वाला राज डिजाइन, फ्लाबियाज भिजन, बहुबेटी फेब्रिक सेन्टर, लोगोज, जुजु, मेकअप दरबार, सुट स्टुडियो, लाली,  पस्मिना नेपाल, लक्ष्मी उड क्राफ्ट, काया कलेक्सन, अर्को नेपाल, याभी, डिभाइन जेवेल्स, अरोमा एनपिए, अस्तित्व नेपाल, साबाह नेपाल, बिआइए फाउण्डेसनले पनि फेस्टिभलमा स्टल राखिएका छन् ।

 

 

 

 

महोत्सवमा ममिता मिराकल्स एण्ड माया इन द एयर, द जेमिनी इन्टरनेशनल, वोसा द क्लोदिङ स्टोर, चिनारी महिला साझेदारी अल्लो उद्योग समुह, काठमाडौं फेब्रिक्स, चियाङ माइ, अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स, शमा पस्मिना, न्यू मीउ, केश यूनिसेक्स सलून, डिन्सि कलेक्सन, आईटिसी स्कूल अफ ब्यूटिसियन, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल (एफएचएएन), जेबिजी बेसपोक, काइशाज कलेक्सनले पनि स्टल सजाएका छन् ।
फेस्टिभलको फुड कोर्ट अन्तर्गत पनि विभिन्न स्टलहरु राखिएका छन्, जहाँ महोत्सव अवधिभर तीन दिनसम्म बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न खानेकुराहरु उपलब्ध हुनेछन् । फेस्टिभलको फुड कोर्टमा बोता मोमो,  क्रेजी यती र रुमाली घर, थान्कस नेचुरल आईसक्रिम, मीना मिसन खाद्य उद्योग, भिलेज क्याफे, इजी फ्रूट, होक्कादो, मेक्सिकन डिजाइट, हबिबी चाई, पानी पुरी, सम्झना प्रोडक्ट ले आफ्ना  स्टलमार्फत स्वादिष्ट खाद्य परिकारहरु उपलब्ध गराइरहेका छन् ।

 

 

 

 

 

यसका साथै फेस्टिभलमा आजदेखि तीन दिनसम्म नेपालको फेसन उद्योगको वरपर रहेर हरेक दिन दुई वटा प्यानल डिस्कन कार्यक्रम सञ्चालन गरिँदैछ, जहाँ फेसन उद्योगका समस्या, सम्भावना र चुनौतीहरुका बारेमा सम्बन्धि क्षेत्रका विज्ञहरुबीच विचारको मन्थन हुनेछ । महोत्सव अवधिभर कुल छ वटा प्यानल डिस्कसन हुनेछ । यसबाहेक महोत्सवमा फेसनसंग सम्बन्धि वर्कशप तथा मास्टर क्लासहरु सञ्चालन गरिँदैछ, जहाँ फेसन उद्योगमा करियर बनाउन चाहनेहरुले सिक्ने अवसर पाउने छन् ।

 

 

 

 

 

 

फेस्टिभलको क्रममा गेहेन्द्र धिमाल फाउण्डेसनको नेतृत्वमा फेसन फोटो प्रदर्शनीसमेत आयोजना भैरहेको छ, जहाँ राजभाइ सुवाल, गेहेन्द्र धिमालसहित ससद्धहस्त फेसन फोटोग्राफरले खिचेका उत्कृष्ट फेसन फोटोग्राफीहरुको प्रदर्शन गरिएको छ । आजदेखि फोटो प्रदर्शनीस्थलमै फोटो टकसेसन पनि सञ्चालन हुनेछ, जहाँ यी फोटोग्राफरहरुले प्रदर्शन गरिएका फोटोहरुका बारेमा जानकारी मात्र गराउने छैनन्, फोटोग्राफीको अनुभव, चुनौती तथा सम्भावनाहरुका बारेमा समेत स्पष्ट पार्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

गोरखा,  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी हुनुभएको छ । आज सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो । उहाँले...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ ।आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको हो । नेप्से परिसूचक १३५ अङ्क अर्थात्...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९