काठमाडौँ । प्रतिनिधि सभामा अर्थमन्त्री बर्षामान पुनले आर्थिक सर्वेक्षण र सार्बजनिक संस्थानको बार्षिक स्थितिको समिक्षा प्रतिवेदन २०८१ पेश गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।उनलाई कांग्रेसका संसदले रोष्टममा जान अवरोध गरेपछि सत्तापक्षका सांसदहरु र मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।
तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...
































































































































































