
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले वर्तमान सरकारले सहकारी ठगहरुलाई जोगाउने काम गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले,‘सभामुख महोदय, सहकारीमा ठगेर यत्रो मुलुकलाई यत्रो बर्वाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारण सत्ताधारीको यो जुन दुदर्शा छ । यसमा राष्ट्रिय जनमोर्चाले यो नीति तथा कार्यक्रमलाई समर्थन गर्दैन, विरोध गर्दछ ।’