
काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २ हजार १०९.३४ को बिन्दुमा कायम भएको हो ।आइतबार ३१५ कम्पनीको एक करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ७० हजार ५८६ पटक खरिदबिक्री हुँदा चार अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कूल बजार पुँजीकरण ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह ३.३७ र म्युचुअल फन्ड ०.२१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २. १९ र जलविद्युत् समूह १. ६२ प्रतिशतले घटेको छ ।कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६. ३६ प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १५ करोड ६६ लाख १३ हजार ८३३ बराबरको कारोबार भएको छ ।