सिने सर्कल अवार्ड सम्पन्न, उद्योगपतिले चौधरीले गरे प्रशंसा

काठमाडौं  । सिनेमा सर्कल नेपालको आयोजनामा शुक्रबार राजधानी काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा सिने सर्कल अवार्ड सम्पन्न भएको छ।विगतमा जस्तै पर्दा पछाडिका कलाकर्मी पोष्टर, भिएफएक्स, स्टण्डजस्ता विधालाई प्राथामकता दिदै आएको यस अवार्डको सातौँ संस्करणमा समेत तिनै पर्दा पछाडिका कलाकर्मीलाई प्राथामिकता दिएको थियो।

 

 

 

चौधरी ग्रुपका एमडी बरुण चौधरी र सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डिसीको संयुक्त आयोजना रहेको यस कार्यक्रममा वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्का र वरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्कालाई नगद रु ५१ हजारसहित सम्मान गरिएको थियो।कार्यक्रममा स्वागत मन्तव्य दिँदै सिनेमा सर्कल नेपालका संरक्षक समेत रहेका चौधरी कार्यक्रमको प्रशंसा गर्दै नेपालमा सिनेमा सर्कल नेपलाबाट आयोजित यस कार्यक्रममा सहभागी हुन विश्वको जुनसुकै कुनामा भएपनि नेपाल आउने गरेको र आगामी दिनमा सहभागी हुने वाचा व्यक्त गरेका थिए।

 

 

 

त्यस्तै आफ्नो घर सरस्वतीको मन्दिर भएको बताउँदै बुवा विनोद चौधरीले गाएको गीत ‘एकै नजरमा माया वस्यो है…’ काका वसन्त चौधरीको गीतहरु स्मरण गर्दै आफू सांगीतिक माहोलमा घुलमिल भएको बताए।चलचित्र वासुदेवदेखि पुजार सार्कीसम्म सम्झन भ्याएका चौधरीले राजेश हमाल, शिव श्रेष्ठ निर शाहदेखि प्रदीप खड्कासम्म, मिथिला शर्मादेखि सुरक्षा पन्तसम्म स्मरण गरेका थिए। नेपाली चलचित्र क्षेत्रलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेपाली चलचित्र क्षेत्रमा फुलेका फुलहरुले नेपाल देशलाई सुगन्धित बनाएको उनको तर्क थियो ।

 

 

 

 

अवार्ड’मा सौगात मल्ल र स्वस्तिमा खड्काले ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड जितेका छन्। सौगातले फिल्म ‘अगस्त्य’बाट उत्कृष्ट नायकको अवार्ड जित्दै गर्दा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट नायिकाको अवार्ड जितिन्।यस्तै, निश्चल बस्नेतले ‘दिमाग खराब’बाट ‘उत्कृष्ट निर्देशक’को अवार्ड जिते। ‘उत्कृष्ट फिल्म’ ‘दिमाग खराब’ बनेको थियो।

 

 

 

कार्यक्रममा पोस्टर डिजाइनरको अवार्ड ‘बुलाकी’बाट राकेश दाहाल, ‘उत्कृष्ट ट्रेलर’को अवार्ड बन्दे प्रसादले फिल्म ‘काँडेतार’बाट, ‘उत्कृष्ट स्टन्ट’को अवार्ड फिल्म ‘काँडेतार’बाट लक्ष्मण सेञ्चुरीले प्राप्त गर्दा अञ्जु पन्तले फिल्म ‘बगान’बाट ‘उत्कृष्ट गायिका’को अवार्ड प्राप्त गरिन् भने फिल्म ‘जारी’बाट उपेन्द्र सुब्बाले ‘नव निर्देशक’को अवार्ड जितेका थिए।

 

 

 

 

निशान भट्टराईले फिल्म ‘परदेशी २’बाट ‘उत्कृष्ट गायक’, अनुपम गौतम शर्माले ‘उपहार’बाट ‘उत्कृष्ट भीएफएक्स’, ‘अगस्त्य’बाट श्री श्रेष्ठले ‘उत्कृष्ट एक्सन’, रामजी लामिछानेले ‘नांगो गाउँ’बाट ‘उत्कृष्ट कोरियोग्राफर’, सुभाष भुसालले फिल्म ‘बगान’बाट ‘उत्कृष्ट संगीतकार’, निमेष श्रेष्ठले फिल्म ‘दिमाग खराब’बाट ‘उत्कृष्ट सम्पादक’को अवार्ड प्राप्त गरेका थिए भने सुशन प्रजापतिले फिल्म ‘दिमाग खराब’बाट उत्कृष्ट छायांकारको अवार्ड ,  ‘उत्कृष्ट पटकथा’को अवार्ड ‘जारी’बाट उपेन्द्र सुब्बा, उत्कृष्ट खलपात्रको अवार्ड फिल्म ‘अगस्त्य’बाट प्रमोद अग्रहरिले प्राप्त गरेका थिए ।

 

 

 

यस्तै, ‘उत्कृष्ट पर्दाको जोडी’को अवार्ड दयाहाङ राई र मिरुना मगरलाई प्रदान गर्दै गर्दा क्रिटिक्स अवार्डतर्फ नै ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड फिल्म ‘बुलाकी’बाट नरेन खड्का र सुरक्षा पन्तले प्राप्त गरेका थिए। क्रिटिक्स अवार्डतर्फ ‘उत्कृष्ट निर्देशक’को अवार्ड प्रमोद शाहीले ‘अन्तिम संस्कार’बाट र ट्रेन्ड सेटरको अवार्ड निर्देशकद्धय रामबाबु गुरुङ र प्रदीप भट्टराईलाई प्रदान गरिएको थियो।

 

 

 

विगतका श्रृंखलामा चर्चित भारतीय कलाकार तथा एमपी शत्रुधन सिन्हा, माला सिन्हा, गोविन्दालगायतको उपस्थितिमा भएको थियो।यो अवार्ड नेपालमा निरन्तर सात बर्षदेखी हुँदै आएको छ। आयोजक सिनेमा सर्कल नेपालका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार दिनेश डिसीले यो निरन्तर हुँदै आएको राष्ट्रियस्तरको एक मात्र रहेको दाबी गरेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम,  मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन  गरी उहाँले आफू वर्तमान संविधानअनुसार  मुख्यमन्त्री बनेको जानकारी दिँदै  मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट...

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

दमक (झापा),  यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख तीन हजार आम्दानी भएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख दुई हजार ४०० को टिकट बिक्री भएको हो । पहिलो...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर,  कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटिपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) सँगको सहकार्यमा निःशुल्क फोटो...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार

काठमाडौँ,  ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ । यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९