टी-२० विश्वकप: ओमानमाथि नामिबियाको सुपर ओभरमा जित

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी शुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा जित हासिल गरेको छ ।ओमानले दिएको केवल ११० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउदै १०९ रन बनाएर बराबरी गरेपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो ।

 

 

सुपर ओभरमा नामिबियाले २२ रनको लक्ष्य दिएको थियो भने ओमानले एक विकेट गुमाएर १० रन बनाएको थियो ।यस अघि नामिबियाको जितमा जान फ्राइलिंकले सर्बाधिक ४५ रन बनाएका थिए भने निकोलस डाभीनले २४ रन बनाएका थिए ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै १०९ रन बनाएको थियो । ओमानका लागि खालिद कैलले सर्बाधिक ३४ रन बनाएका थिए भने जिशान मक्सूदले २२ तथा आयान खानले १५ रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए भने डेभिड वाइजले ३ विकेट लिए ।

 

 

 

यो जितपछि समुह बी मा रहेको नामिबियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब नामिबियाले अर्को खेल जुन ७ मा स्कटल्याण्डसँग खेल्ने छ भने ओमानले जुन ६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१