स्मृति इरानी पराजयन्मुख

काठमाडौँ । भारतको उत्तर प्रदेशको चर्चित सिट अमेठीमा कांग्रेस उम्मेदवार किशोरी लाल शर्मा भाजपाकी स्मृति इरानीभन्दा १ लाख २९ हजार मतले अगाडी रहेका छन् ।गान्धी परिवारका नजिकका मानिने किशोरी लालले हालसम्म करिब चार लाख ४५ हजार मत प्राप्त गरिसकेका छन् भने स्मृति इरानीले अहिलेसम्म तीन लाख १६ हजारभन्दा बढी मत पाएकी छिन् ।यस अघि स्मृति इरानीले यसै क्षेत्रमा राहुल गान्धीलाई हराएर सनसनी मच्चाएकी थिइन् भने यस चुनावमा उनी गान्धी परिवारका एक बफादार शर्मासँग हारको नजिक पुगेकी छन् ।

 

 

 

अमेठीलाई गान्धी परिवारको गन्तव्य मानिन्छ । उम्मेदवारको नाम घोषणा हुनुअघि नै यस सिटबाट प्रियंका गान्धीलाई उम्मेदवार बनाउने भनिएको थियो तर त्यसो भएन ।राहुल गान्धी सन् २००४ देखि २०१९ सम्म अमेठी सिटबाट विजयी हुँदै आएका थिए । २०१९ मा, अमेठी बाहेक, राहुल वायनाडबाट पनि चुनावी मैदानमा थिए । यस पटक वायनाड बाहेक राहुल रायबरेलीबाट पनि चुनाव लडिरहेका छन् । दुवै सिटमा राहुलले फराकिलो अग्रता लिएका छन् ।

 

 

 

स्मृति मात्र होइन भारतको केन्द्रीय सत्तामा महत्वपूर्ण मानिएको उत्तर प्रदेशमा विपक्षी गठबन्धनले शानदार अग्रता हासिल गरेको छ । ८० सिट रहेको उत्तर प्रदेसमा इन्डिया गठबन्धनले ४३ सिटमा अगाडी रहेको छ भने भाजपा ३६ सिटमा अगाडी छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९