गठबन्धन सरकार चलाउन सक्छन् मोदी ?

काठमाडौँ । भारतमा भएको आम निर्वाचनको नतिजामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता बनेको छ ।भाजपाले यस निर्वाचनमा २४० सिट मात्र जितेपछि अब सरकार बनाउन अन्य दलमा भर पर्नुपर्ने भएको हो । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट जितेपनि भाजपा सहयोगी दल भरपर्दो नभएको भन्दै भारतमा राजनीतिक अस्थिरता हुने आशंका गरिएको छ ।

भाजपा सरकारमा रहन अब विहारका नितिश कुमार र तेलंगानाका चन्द्रबाबु नायडूको साथ अनिवार्य भएको छ । राजनीतिक इतिहासमा दुवै अस्थिर मानिने भएकाले प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल सहज नहुने विश्लेषण हुन थालेको छ ।

त्यस्तै यस अघिका दुई निर्वाचनमा कमजोर रहेको विपक्षी दल यस पटक २३४ सिट जितेर सशक्त विपक्षी र तालमेल मिलेमा सरकार गठन गर्न समेत गर्नसक्ने अवस्थामा रहेको छ । यस निर्वाचनले नरेन्द्र मोदीलाई कमजोर बनाएको देखिएको छ । यस अघि भाजपाले २०१४ मा २८२ र २०१९ मा ३०३ सिट जितेर आफ्नै बहुमतको सरकार चलाएका मोदी अब गठबन्धन दललाई हरेक दिन खुशी राखेर सरकार चलाउनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् ।

जेडीयूका अध्यक्ष र बिहारका मुख्यमन्त्री नितिश कुमार, जो इण्डिया गठबन्धनका निर्माता मध्ये के थिए, उनी गत जनवरीमा मात्र पक्ष परिवर्तन गरेर एनडीएमा सामेल भए । बिहारमा एनडीएसँग सरकार बनाए र यो गठबन्धनसँग लोकसभा चुनाव पनि लडे ।उनको दलले विहारमा अपेक्षित भन्दा राम्रो प्रदर्शन गर्यो र १२ सिट जित्यो ।

त्यस्तै आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टीले १६ सिट जितेको छ । आम चुनावको साथसाथै, यहाँ विधानसभा चुनाव पनि भयो, जसमा नायडूको दलले १७५ मध्ये १३५ सिट जितेर अत्याधिक बहुमत हासिल गरेको छ ।

यसमा चाखलाग्दो कुरा के छ भने नितिश कुमार र चन्द्रबाबु नायडू दुवैले केही समयअघिसम्म केन्द्रको मोदी सरकारविरुद्ध मोर्चा खोलेका थिए र त्यही भएर अहिले एनडीए गठबन्धनमा उनीहरूको हैसियत निकै महत्त्वपूर्ण भएको छ ।मोदी र बीजेपीले अब यी पुराना सहयोगीहरूसँग सरकार बनाउनको लागि समन्वय गर्नुपर्नेछ ।

मोदीका चुनौती

पछिल्लो मतपरिणामपछि यी दुई नेताले सत्ता समीकरणमा किंगमेकरको भूमिका निर्वाह गरेका छन् । नितीश कुमार र चन्द्रबाबु नायडूको बैसाखी बिना यो सरकार चल्न सक्दैन र दुवैको शत प्रतिशत भरोसा गर्न सकिने अवस्था समेत रहेको छैन ।

दुवैजना पुराना र अनुभवी राजनीतिज्ञ हुन्, साथै विशेष किसिमको राजनीतिक सोच भएका छन् र यो शक्तिको समीकरणमा उनीहरूले ठुलो भूमिका खोज्ने छन् र आफूले चाहेको गर्न खोज्ने छन् ।

मोदीका अगाडी सबैभन्दा ठुलो चुनौती दश वर्षको कार्यकालमा प्रधानमन्त्री र गृहमन्त्री स्वयम् बाहेक सत्तामा कसैको सहभागिता थिएन, अब सत्तामा सहभागिता बढाउनु पर्ने र अरुको कुरा नसुनेमा सत्ताबाट बाहिरिनु पर्ने अवस्था आउने देखिएको छ ।

मोदी गठबन्धनको सरकार चलाउन अनुभवी नेता होइनन् । २००२ देखि २०२४ सम्म तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री भइसके, उनले सबै बहुमतको सरकार चलाए । अब अचानक समन्वय र सहमतिको राजनीति गर्ने बाटोमा अगाडी बढेका छन् । अब यो सरकारको दिगोपन उसले यो नयाँ भूमिकालाई कत्तिको राम्रोसँग ग्रहण गर्छ भन्नेमा नै भर पर्ने भारतीय राजनीतिक विश्लेषक बताउछन् ।

यस अघि अटल विहारी पाजपेयीले सन् १९९९ मा एनडीए गठबन्धनमा २४ दल सामेल गरेर पाँच वर्ष सरकार चलाएका थिए ।नितिश र चन्द्रबाबु यस अघि मोदी विरोधी रहेकाले अहिले तत्कालका लागि एनडीएको सरकार बनेपनि निकट भविष्यमा इन्डिया गठबन्धनको सरकार बन्ने विश्लेषण भैरहेको छ । यसका लागि एउटा तर्क मोदीको उमेर पनि हो । मोदी अहिले ७४ बर्षका भए र अर्को बर्ष ७५ बर्ष पुग्दै छन् । भाजपामा ७५ बर्षको उमेर हदबन्दी लगाइएको छ । यदि यो मोदीको हकमा लागु भयो भने उनी अर्को बर्ष सरकारको नेतृत्वबाट हट्ने छन् । मोदी हटेसँगै गठबन्धन टुट्ने विश्लेषण पनि भइरहेको छ ।

यसैबीच विपक्षी दलहरुले पनि सरकार बनाउन प्रयास गर्ने संकेत गरेका छन् । उनीहरुले मोदीको राजनीतिक हार भएको उल्लेख गर्दै सरकारमा बस्ने हक नभएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ,समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

उदयपुर (गाईघाट),  चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रेपलाञ्चोक,काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।   समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा,...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९