युरोकपमा नेदरल्याण्डसलाई धक्का, फ्रेन्की डी जोङ खेल्न नसक्ने

काठमाडौँ । नेदरल्याण्डसलाई आगामी युरोकपमा ठुलो धक्का लागेको छ । बार्सिलोनाबाट खेल्ने सेन्टर मिडफिल्डर फ्रेन्की डी जोङ इन्जुरीका कारण युरोकप खेल्न नसक्ने भएपछि नेदरल्याण्डसलाई ठुलो धक्का लागेको हो ।

 

 

गत अप्रिल २१ मा रियल म्याड्रिडसँग बार्सिलोनाको ३-२ ले पराजित हुँदा २७ वर्षीय डी जोङ आफ्नो दाहिने खुट्टामा चोट लागेपछि मैदान बाहिर रहेका छन् । त्यसको बावजुद, मिडफिल्डरलाई जर्मनीमा युरोका लागि रोनाल्ड कोम्यानको २६ सदस्यीय टोलीमा नाम दिइएको थियो तर अब उनी युरोकपबाट बाहिरिएका छन् ।

 

 

डी जोङले युरोकपबाट बाहिरिएको पुष्टि गर्दै भनेका छन्- ‘म दुखी र निराश छु कि म युरोमा पुग्न सक्दिन, हामीले पछिल्ला केही हप्ताहरूमा धेरै काम गरिरहेका छौं, तर दुर्भाग्यवश मेरो खुट्टा ठिक हुने थप समय चाहिने भएको छ । मुख्य प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाउनु सपना र सबैभन्दा ठूलो सम्मान हो, तर अब, सम्पूर्ण राष्ट्र जस्तै, म पनि हाम्रो टोलीलाई बाहिरबाट उत्साहित गर्नेछु ।’ डी जोङले नेदरल्याण्डसको लागि अहिलेसम्म ५४ खेल खेलेका छन् र दुई गोल पनि गरेका छन् ।

 

 

 

जुन १४ देखि शुरु हुने युरोकपमा नेदरल्यान्ड्स समुह डी मा रहेको छ । यस समुहमा नेदरल्याण्डससहित पोल्याण्ड, फ्रान्स र अस्ट्रिया रहेका छन् । नेदरल्याण्डसले युरोकपमा पहिलो खेल पोल्याण्डसँग जुन १६ मा खेल्दै छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९