पावर प्लेमा नेपालको शानदार बलिङ, बंगलादेशले ४ विकेट गुमायो

काठमाडौँ । नेपालले बंगालदेशविरुद्ध पावर प्लेमा शानदार बलिङ गर्दै चार विकेट लिएको छ ।टस हारेर पहिला ब्याटिंग गरिरहेको बंगलादेशले ६ ओभरमा आफ्ना चार प्रमुख ब्याट्सम्यानलाई गुमाएर ३१ रन बनाएको हो ।बंगलादेशका तान्जिद हसन शुन्य, लिटन दास १०, कप्तान नाजमुल होसैन शन्तो ४ र टोविद हृदयले ९ रन बनाएर आउट भएका छन् । नेपालका लागि सोमपाल कामिले पहिलो बलमै विकेट दिलाएका थिए । उनले पावर प्लेमा ३ ओभर बलिङ गर्दै १० रन दिएर २ विकेट लिएका छन् । त्यस्तै दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१