डिफेन्डिङ च्याम्पियन मार्केटा विम्बल्डनको पहिलो चरणमा पराजित

काठमाडौँ । पछिल्लो पटक च्याम्पियन मार्केटा भोन्ड्रोसोभा विम्बल्डन महिला एकलको पहिलो चरणमा पराजित भएकी छन् ।विम्बल्डन महिला एकलमा डिफेन्डिङ च्याम्पियन मार्केटा भोन्ड्रोसोभा सेन्टर कोर्टमा पहिलो राउण्डमै बाहिरिएकी हुन् ।योसँगै उनी विम्बल्डनको पहिलो चरणमा हार्ने ३० वर्षमा पहिलो महिला डिफेन्डिङ च्याम्पियन बनेकी छिन् ।

 

 

तीस वर्ष पहिले, १९९४ मा, पहिलो पटक, स्टेफी ग्राफलाई विम्बल्डनको उद्घाटन राउन्डमा लोरी म्याकनिलले पराजित गरेकी थिइन् ।चेक गणतन्त्रकी २५ वर्षीया मार्केटा भोन्ड्रोसोभा विश्वको ८३औं वरियतामा स्पेनकी २१ वर्षीया जेसिका बोउजास माइनिरोसँग सोझो सेटमा पराजित भएकी छन् । मार्केटा भोन्ड्रोसोभा ६७ मिनेटसम्म भएको खेलमा माइनिरोसँग ६-४, ६-२ ले पराजित भइन्।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१