उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

काठमाडौँ । कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।  जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

 

 

यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोल्मबिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो । योसँगै कोलम्बियाले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ । फाइनल खेल आइतबार बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि शुरु हुने छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१