भक्तपुरमा चारदिने खेलकुद सप्ताह सुरु

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आयोजनामा विहीबारदेखि खेलकुद सप्ताह २०८१ सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएको बताइएको छ । सप्ताहको उदघाटन कलेजकै कार्यबाहक प्रचार्य दुर्गाप्रसाद भण्डारीले एक समारोहवीच गरे । उदघाटन कार्यक्रममा वक्ता कलेजका विभिन्न पदाधिकारीहरुले खेलकुद सप्ताहका विविध विषयहरुमाथि चर्चा गरेका थिए । खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवल, व्याडमिन्टन, चेस, क्यारेम, इगेमिंग, टेबल टेनिस, सट जम्प, लंग जम्प, हाइ जम्प, म्युजिकल चेयर्स, वाकिंग रेस, डोरी तान्ने खेल, म्याराथुन, लगायतका झण्डै दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका संयोजक एसोसिएट प्रोफेसर विष्णुप्रसाद भण्डारीले जनाए । बताइए अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत झण्डै सवै विद्यार्थी सहभागी छन् ।प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने जनाइएको छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण हुनेछ । जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्यो त्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।   

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१