भद्रकाली मन्दिर परिसरका संरचना पुनःनिर्माण सुरु, शिलान्यास सम्पन्न

काठमाडौँ । आजबाट भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गरेकी हुन् । यी संरचनाहरु २०७२ सालको भूकम्पको कम्पनले जीर्ण अवस्थामा थिए ।  त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, गुठी संस्थान, लुमधि भद्रकाली व्यवस्थापन समितिका पदाधिकारीले जग पूजा गरेका थिए ।

 

जग राख्नुअगाडि लुमधि भद्रकाली गुथिले शास्त्रीय विधिअनुसार पूजा गरेको थियो । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ हो । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कवोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग गएको ज्येष्ठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको छ ।

 

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा व्लक आपसमा जोडिएका हुनेछन् । यस्तै दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन् । यिनीहरु पनि आपसमा जोडिएका सुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।

 

पुननिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ । अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ । शिलान्यासपछि बोल्दै उपप्रमुख डंगोलले, भद्रकाली सबै श्रद्धालुहरुको आस्थाको देवता भएको उल्लेख गर्दै यसको प्राचीनता बचाएपछि सबैले गर्व गर्न लायक स्मारक हुने बताइन् ।

 

यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक संगत, वडा ११, २१ र २२ का अध्यक्षहरु क्रमशः हीरालाल तण्डुकार, उदय चुडामणि बज्राचार्य र चिनीकाजी महर्जनले, भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रुपमा सबैबाट स्वीकार भएको स्मारक भएको उल्लेख गरे । यससँग स्थानीयबासीका संस्कार, संस्कृति तथा आस्था र परम्परा जोडिएको बताउँदै उनीहरुले भने, ‘यसकारण भद्रकाली पुनःनिर्माणमा विषयमा स्थानीयको चासो रहन्छ । यसका हरेक पक्षमा छलफल गर्दै आपसी बुझाइमा एकरुपता कायम गरेर पुनःनिर्माण गर्नुपर्छ ।’

 

यो काम समयमा नै सम्पन्न हुनु पर्नेमा जोड दिँदै उनीहरुले पुरातत्व विभाग र गुठी संस्थानलाई यसका अन्तरबस्तुमा चित्त नबुझेको केही भए महानगरपालिकामा आएर छलफल गर्न आग्रह गर्दै निर्माण कार्यका अवरोध हुने अभिव्यक्ति दिन वा क्रियाकलाप नगर्न सचेत गराए ।

 

भद्रकाली भौगोलिक रुपमा वडा नं ११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं. २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्नुहुन्छ, यो वहुपक्षीय सम्बन्ध राख्ने पुनःनिर्माणको काम हो ।

पुनःनिर्माणका लागि वैठक 

गएको ज्येष्ठ ३० गते काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरुको पुनःनिर्माण सम्बन्धमा’ बैठक बसेर पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय गरेको थियो । यही बैठकले पुननिर्माण हुने ठाउँहरु गुठी संस्थान र लुमधि भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय गरेको थियो ।

 

मन्दिर पुननिर्माणका लागि सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिको सदस्यहरुमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधि भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौत्तम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई रहेकी छन् । सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुननिर्माणको काममा सहजीकरण गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तक्र्रिया’ को समापन समारोहमा...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ,  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

स्थानीय तहमा कला गोष्ठी गर्दै प्रतिष्ठान

काठमाडौँ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यतिबेला स्थानीय तथा प्रदेशस्तरमा पुगेर कला कार्यशाला एवं गोष्ठीका कार्यक्रम गर्दै आएको छ । प्रदेश, स्थानीय तह पुगी त्यहाँका विभिन्न समुदायमा रहेका कलाकृति उजागर गर्ने उद्देश्यले अन्तक्र्रिया र गोष्ठीसँगै कार्यशाला समेत गरिरहेको छ ।     गोष्ठीबाट प्रादेशिक ललितकला प्रदर्शनीको तयारी गर्नुको...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९